कांग्रेस नेता गगन थापालाई कोरोना संक्रमण



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसका नेता गगन थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

असोज १९ गतेदेखि बस्‍न लागेको केन्द्रीय समितिको बैठकका लागि शुक्रबार गरिएको पीसीआर परीक्षणमा उनलाई कोरोना पुष्टि भएको हो । यसअघि कांग्रेसका नेता अर्जुननरसिंह केसीसहित ६ जना नेतामा कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्