प्रदेशको राजधानी सार्ने निर्णयविरुद्ध कांग्रेसद्वारा भोलि रुपन्देही बन्द आह्वान



यमलाल भुसाल, बुटवल ।

प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरीमा बनाउने प्रदेश सरको निर्णयको बिरोधमा नेपाली काँग्रेसले रुपन्देहीले भोली आईतवार जिल्ला बन्दको घोषणा गरेको छ ।

शनिवार बसेको नेपाली काँग्रेस रुपन्देहीको बैठकले प्रदेश सरकारको बिरोधमा मसाल जुलुस सहित रुपन्देही जिल्ला बन्दको घोषणा गरेको हो । आईतवार विहान ६ वजेदेखि साँझ ६ वजेसम्म बन्द गरिने भएको छ ।

त्यस्तै सोमवार राजधानी बचाऔ बुटवल जाऔ नारा सहित प्रदेश सभा अगाडी भेला गर्ने र विरोध जनाउने निर्णय काँग्रेसले गरेको छ । भेलामा राष्ट्रिय झण्डा लिएर सहभागि हुन सबैमा अनुरोध गरिएकाकाग्रेस जिल्ला सचिव रामकृष्ण खाणँले बताउनु भयो ।

जिल्ला बन्दको पूर्वसन्ध्यामा शनिवार साँझ बुटवलका १९ वटै वडामा बृहत राँके जुलुस निकाल्ने निर्णय समेत काँग्रेसले गरेको छ ।
प्रदेश ५ को स्थायी राजधानी दाङ बनाउने प्रदेश सरकारले प्रदेश सभामा प्रस्ताव पेश गरेसँगै नेपाली काँग्रेसले शुक्रबार दिउसोदेखि नै बुटवल लगायत रुपन्देहीका बिभिन्न ठाउमा बिरोध प्रदर्शन सुरु गरेको हो ।

बैठकले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै आन्दोलन चर्काउन युवा, विद्यार्थी तथा उद्योगी व्यवसायीहरुसँग छलफल अगाडी बढाएको छ ।आन्दोलनका कार्यक्रम अन्तर्गत राके जुलुस, आईतवार रुपन्देही बन्द तथा नेकपाका सांसदका घर अगाडी कालो झण्डा प्रर्दशन लगाएतका आन्दोलनका कार्यक्रम तय भएकोे काग्रेस जिल्ला सचिव रामकृष्ण खाणँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्