प्रधानमन्त्रीका ३ सल्लाहकारसहित प्रमुख स्वकिय सचिवलाई कोरोना पुष्टि



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भ्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै प्रमुख स्वकिय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना पुष्टि भएको छ । संक्रमित उनीहरुले सामाजिक सञ्जालमार्फत कोरोना पुष्टि भएको जानकारी दिँदै आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्