लकडाउन हुन्छ भनि हल्लाको पछि नलाग्न स्वास्थ्य मन्त्रालयकाे आग्रह



sf7df8f}F, @* r}tM :jf:YodGqL 9sfn :jf:Yo tyf hg;ªVofdGqL efg”eQm 9sfn cfˆgf] sfo{sIfdf /f;;sdL{nfO{ cGt/jftf{ lbFb} . t:jL/ M rGb|snf If]qL÷/f;;

काठमाडाैँ ।

केहि दिन अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै विज्ञहरुले सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार पुगेपछि लकडाउन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

उक्त खबरपछि सरकार फेरि लकडाउनमा जान लागेको भन्दै आलोचना भइरहेको छ, भने मानिसहरुमा फेरि लकडाउन हुने त्रास बढेको छ।

तर, स्वास्थ्य मन्त्री भानुभक्त ढकालले भने अब लकडाउन नहुने बताएका छन्। मन्त्री ढकालले हल्लाको पछि नलाग्न समेत व्यवसायीलाई आग्रह गरेका छन्।

शुक्रबार मन्त्रालयमा नेपाल उद्योग वाणिज्य महासंघ र राष्ट्रिय व्यवसायिक पहलका प्रतिनिधिसँको भेटमा मन्त्री ढकालले लकडाउन नहुने भन्दै स्वास्थ्य मापदण्डको पालना सबैले आफ्ना लागि हो भनेर बुझ्नुपर्ने बताएको स्वास्थ्यमन्त्री ढकालको सचिवालयले जनाएको छ।

मन्त्री ढकालले मास्क लगाउने, समाजिक दूरी कायम गर्ने र साबुन पानीले हात धुने वा स्यानिटाइज गर्ने काम समेत राज्यका लागि गर्दिएको जस्तो व्यवहार समेत देखिएको भन्दै सबैले स्वास्थ्यका प्रोटोकलहरू फलो गर्नुपर्ने बताएका थिए।

व्यवसायीले विस्तारै उद्योगधन्दा खुल्न लागेका अवस्थामा फेरि बन्दाबन्दीको हल्लाले त्रसित बनेको जनाउँदै स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न आफूहरु तयार रहेको उनले बताए।

अहिले बन्दाबन्दी खुलेसँगै सबै क्षेत्र खुला गरिएको छ। यही असोज १ गतेदेखि लामो दूरीका यातायात सेवा र असोज ५ गतेदेखि हवाई सेवा सञ्चालन गरिएको छ।

राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष कुशकुमार जोशी र उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले फेरि लकडाउन हुने हल्लाले व्यवसायीहरू तनावमा परेको बताएका थिए।

छलफलमा उनीहरुले स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

स्वास्थ्यमन्त्रीसँगको भेटमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ, उपाध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष एवं राष्ट्रिय व्यवसायिक पहलका महासचिव सुरेन्द्रवीर मालाकार, नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष एव राष्ट्रिय व्यवसायिक पहलका कोषाध्यक्ष दिपक मलहोत्रा, रेष्टुरेन्ट तथा वार एशोसिएसन नेपालका अध्यक्ष अरनिको राजभण्डारी एवं होटल एशोसिएसन नेपालका प्रमुख कार्यकारी अधिकृतको उपस्थिति थियो।

यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि तत्काल लकडाउन नहुने जनाएको छ। मन्त्रालयले २५ हजार सक्रिय सङ्क्रमित भए पनि लकडाउन नगरी तिनको व्यवस्थापन गर्न सकिने बताएको छ।

यही असोज ७ गते स्वास्थ्य सचिव लक्ष्मण अर्यालका अध्यक्षतामा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार सक्रिय सङ्क्रमित भएमा सरकार मातहत रहेका अस्पतालले उपचारको व्यवस्थापन गर्न नसक्ने जनाउँदै सरकारलाई बन्दाबन्दी गर्न सिफारिस गर्ने निर्णय गरेको थियो। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रालयको बन्दाबन्दी गर्ने योजना नभएको स्पष्ट पारे।

सक्रिय सङ्क्रमित २५ हजार पुगेपछि निजी स्वास्थ्य संस्था र होटेलमा राख्ने योजना सरकारले राखेको छ । सरकारले गत चैत ११ गतेदेखि साउन ६ गतेसम्म बन्दाबन्दी तथा भदौ ४ गतेदेखि अन्तिम सातासम्म काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागु गरेको थियो ।

“मुलुकमा फेरि पनि बन्दाबन्दी गर्ने योजना रहेको छैन”, उनले भने, “अहिलेकै अवस्थामा सङ्क्रमित बढ्न थालेपछि सरकार संरचनाले थेग्न नसक्ने भनेको हो। तैपनि हामी निजी स्वास्थ्य सङ्घसंस्थासंँगको सहकार्यमा सङ्क्रमितको उपचार गर्छौँ।”

उनका अनुसार सक्रिय २५ हजार सङ्क्रमित भएका खण्डमा पाँच हजार लक्षण भएका सङ्क्रमित रहने छन् । तिनलाई आवश्यक शय्या सरकारसंँग छ ।

अहिले ८२ हजार ४५० सङ्क्रमितमध्ये २१ हजार २३४ सक्रिय सङ्क्रमित छन् । यस्तै ६० हजार ६९६ जना निको भएका र ५२० जनाको सङ्क्रमणको कारणले निधन भएको छ । अहिले दुई हजार ६०० सघन उपचार कक्ष, ९०० भेन्टिलेटर र २० हजार ७६५ आइसोलेसन शय्या छन् ।

प्रतिक्रिया दिनुहोस्