दालचीनीको सेवनले यी रोगहरुलाई दिन्छ छुटकारा



काठमाण्डौ । खानामा दालचीनीको प्रयोगले शरिरको रोगप्रतिरोधात्मक शक्ति बढाउनमा मद्यत गर्दछ । त्यसैले दालचीनीको प्रयोग गर्नु पर्छ । यसको प्रयोगले स्मरणशक्ति बढाउनमा मद्यत गर्दछ । दालचिनीलाई पानीमा हालेर उमालेर पिउँदा तौल घटाउनमा मद्यत गर्दछ । यसको सेवनले उच्च रक्तचापलाई पनि कम गर्छ । यस अर्थमा उच्च रक्तचाप (हाइपरटेन्शन) को समस्या ठिक गर्नका लागि दालचिनीलाई फाइदाजनक मानिन्छ ।

साथै रुघा–खोकीको समस्यालाई कम गर्नको लागि पनि यसलाई घरेलु उपचारको रुपमा प्रयोग गर्ने गरिन्छ । यसले हड्डीको समस्याबाट पनि छुटकारा दिलाउँनमा मद्यत गर्दछ । यसमा भएको क्याल्सियमको मात्राले हड्डी रोगबाटट बचाउन निकै हदसम्म मद्दत गर्छ । दालचीनीले पाचन क्रियालाई दुरुस्त राख्दछ । यस्ले घाँटीको दुखाईलाई पनि कम गर्छ । यसको सेवन गर्नाले छालामा निखार आउँछ । छालालाई निखार ल्याउनका लागि दालचिनीमा भएको एन्टिअक्सिडेन्ट्स गुणले काम गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्