न्यायमा पहुँचका लागि पत्रकारका लागि अभिमुखिकरण कार्यक्रम सुरु



सुभेन्द्र दास, लहान ।

सिरहाको गोलबजारमा आजबाट दुई दिने मिडियाकर्मीको लागि अभिमुखिकरण कार्यक्रम सुरु भएको छ ।

न्यायमा पहुँच अभिबृद्दि गर्न कानुनी जागरुकता मुलक गतिविधि कार्यक्रम अन्तर्गत सिरहा जिल्लाका पत्रकारहरुका लागि अभिमुखिकरण कार्यक्रम सुरु भएको हो ।

दलित समाज उत्थान समिती महोत्तरी , सिपिसिएल धनुषा र एमएसवाईएन रैतहटको संयुक्त आयोजनामा गोलबजारको उधोग ब्यापार संघको परिसरमा कार्यक्रम भैरहेको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य देवकुमार यादवको प्रमुख आतिथ्य र नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताको बिशिस्ट आतिथ्यमा तालिमको उदघाटन भएको आयोजक संस्था मध्येका एक जना अध्यक्ष पुनित कुमार चौधरीले जानकारी दिनुभयो ।

न्यायमा पहुँच नपुगेका लक्षितवर्ग समुदायको आवाजलाई पत्रकारको कलमले न्यायमा पहुँचका लागि लेखन कार्यमा सहयोग पुग्ने उदेश्यले अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो ।

नेपालको संविधान २०७२ मा उल्लेख भएको मौलिक हकको व्यवस्था बरेमा आज विशेष छलफल भैरहेको परियोजना कार्यक्रम संयोजक दिपेन्द्र मण्डलले जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण अधिवक्ता कुमार प्रसाद थपलिया गरिरहेको छ ।

युएनडिपि एद्दजे को आर्थिक सहयोगमा भैरहेको अभिमुखिकरणमा सिरहाका करिब २० जना पत्रकारको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्