अफिनद्वारा सरकार र ल्याव संचालकलाई वार्ताको माध्यमबाट समस्या समाधान गर्न आग्रह



न्युज अफ नेपाल, काठमाडौँ ।

निजी अस्पतालको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) र निजी क्षेत्रद्वारा संचालित पीसीआर परीक्षण ल्यावहरुबीच आज बसेको वैठकले नागरिकको स्वास्थ्य परीक्षणमा वाधा पर्ने खालका कुनैपनि निर्णय गर्नु अगावै पेशागत मर्यादा, व्यवसायिक जिम्मेवारीलाई उच्चवोध हुनेगरी संयमित भएर सेवा संचालन गर्न अनुरोध गरेको छ ।

निजी क्षेत्रका ल्यावहरुले उठाएका मागलाई नाजायज भन्न नमिल्ने जनाउँदै बेठकले अहिलेको विषम परिस्थितिमा यो विषय वैज्ञानिक एवम् तर्कसंगत ढंगबाट समाधान गर्नुपर्ने तर्फ विशेष जोड दिएको छ । अफिनले पीसीआर टेष्टको शूल्क सम्बन्धमा सरकार र ल्याव संचालकहरुबीच यथेष्ट छलफल भई वैज्ञानिक विधि र मापदण्डको आधारमा शूल्क निर्धारण गरिदिन सरकारसँग माग गरेको छ । साथै यस विषयलाई सहि ढंगबाट समाधान गर्ने तर्फ अफिनको सकारात्मक सहयोग सधैँ रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्