गण्डकी युवा वक्ता सिजन २ राधा पगेंनीलाई



न्युज अफ नेपाल, पोखरा ।

पोखरा जेसिआइको आयोजनामा गण्डकी युवा वक्ता सिजन २ सम्पन्न भएको छ । सिजन २ को उपाधी स्याङ्जा वालिङकी राधा पगेंनीले हात पारिन । भर्चुअल मार्फत गरिएको असल समाजका लागी युवा नेतृत्व विषयक वक्तित्वकला कार्यकम्रमा १२ जना प्रतियोगीलाई पछि पार्दै पगेंनीले सिजन २ को उपाधी हात पारेकी हुन् ।

जेसिज पोखराले कोरोना भाइरस महामारीका कारण अनलाईन मार्फत आयोजना गरेको प्रतियोगीताको दोस्रो स्थान भने पोखराकी मिना पराजुलीले हात पारिन । त्यसतै तेस्रो स्थानमा भने रामेछापका कौशल कार्की आएका छन् । प्रतिकुल अवस्थामा समेत कोरोनालाई स्किार्दै जेसिजले प्रविधि मार्फत प्रतियोगिता सम्पन्न गरेको हो ।

प्रतियोगीताको प्रथम, द्धितीय र तृतीय हुनेले क्रमश : ५ हजार, ३ हजार र २ हजार रुपैँया प्राप्त गरे । सप्ताहव्यापी कार्यक्रम अन्तर्ग छैठौँ दिन उक्त कार्यक्रम सम्पन्न गरेको हो । असल समाजमा युवाहरुको भुमिका के रहन्छ भन्ने विषयलाई मुख्य विषय बनाउदै निर्णय गरिएको मुख्य निर्णायक ज्ञानेन्द्र कोइरालले बताए । असल समाज निमार्ण गर्न निश्चित मापदण्ड तयार हुनुका साथै सामाजिक, आर्थिक र सांस्कृतिक लाई समेत समावेश गरेर निर्णय सुनाइएको उनले बताए ।

जेसिजले यस कोरोना सचेतना कार्यक्रम,खेलकुद, स्वास्थ्य तथा खाध सामग्री वितरण तथा महिलाहरुलाई सेनेटरी प्याड बनाउने तालिम समेत सम्पन्न गरेको छ । जेसिजका अध्यक्ष शिवप्रसाद सापकोटाले जेसिजले युवाहरुमा नेतृत्व विकासका साथै सामाजिक कार्यमा समेत अग्रसर गराउन प्ररित गर्दै आइरहेको बताए ।

त्यस्तै, कार्यक्रम संयोजक मिनराज खड्काले सप्ताहव्यापी कार्यक्रमले समाज प्रति नागरिकको दायित्वबारे बुझन सहयोग मिलेको बताए । कार्यक्रमले आफुहरुलाई धेरै कुरा सिकाएको बताए ।

प्रतिक्रिया दिनुहोस्