भारतद्वारा ३० जिल्लाका सरकारी तथा गैरनाफामूलक संघ संस्थालाई ४१ एम्बुलेन्स र ६ बस उपहार



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपालस्थित भारतीय दूतावासले सरकारी तथा गैरसरकारी संघसंस्थालाई ४१ वटा एम्बुलेन्स र ६ वटा बस उपहार स्वरुप प्रदान गरेको छ । दूतावासका अनुसार स्वास्थ्य तथा शिक्षा क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवं गैरनाफामूलक संघ संस्थाहरुलाई उपहार स्वरुप एम्बुलेन्स र बस प्रदान गएिको हो ।

‘यी संघ संस्थाहरु नेपालका दूर्गम जिल्ला लगायतका विभिन्न ३० जिल्लामा छरिएर रहेका छन्। विभिन्न क्षेत्रमा आधारभूत स्वास्थ्य पहुँच विस्तार गर्न हेतु दूतावासले विगत लामो समयदेखि नेपालका सरकारी तथा गैरनाफामूलक संस्थाहरुलाई हरेक वर्ष एम्बुलेन्स तथा विद्यालयका लागि बस उपहार स्वरुप प्रदान गर्दै आएको छ,’ दूतावासद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्