प्रदेश ५ को स्थायी राजधानी देउखुरी र नाम लुम्बिनी प्रस्ताव   



यमलाल भुसाल, बुटवल ।

प्रदेश ५ को सरकारले दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने गरि प्रदेश सभामा शुक्रवार प्रस्ताव पेस गरेको छ । प्रदेश सरकारको मन्त्री परिषदको बैठकले निर्णय गरि प्रदेश सभामा प्रदेशको राजधानी दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती,गाउँपालिका गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो ।

त्यस्तै प्रदेश ५को नाम भने लुम्बिनी राख्ने गरि आन्त्तरिक मार्मीला तथा कानुन मन्त्री कूल प्रसाद केसीले प्रदेश सभामा प्रस्ताव प्रस्तुत गर्नु भएको हो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को शीर्ष तहमा सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर प्रदेश राजधानी बनाउने निर्णय गरेको प्रदेश ५ सरकार प्रवक्ता वैजनाथ चौधरीले बताउनु भयो । प्रदेश सभामाआन्त्तरिक मार्मीला तथा कानुन मन्त्री कूल प्रसाद केसीले प्रदेशको नाम र स्थायी राजधानी प्रदेश सभामा पेस गरि लवीमा झर्न नपाउदै नेपाली काँग्रेसका सभासदहरुले कडा विरोध जनाएका थिए । उनिहरुले श्क्रवारको प्रदेश सभाको बैठकको कार्यसूचिमै नभएको विषयलाई कसरी एका एक ल्याईयो भन्दै विरोध जनाएका थिए । सभामा नेपाली काग्रेसकी रमा अर्याल, फकुरिदीन खाँन र वैजनाथ कलवारले आपत्ति जनाउनु भएको थियो ।

प्रदेश मन्त्रिपरिषद्को शुक्रवार बसेको बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा बर्दिया गुलरियाका मोतीप्रसाद शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यसैगरि कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा थप १० करोड निकासा दिने र यस अघि १० करोड रुपैंया राखेर कोष स्थापना गरिएको पनि निर्णय गरेको छ ।

मन्त्री परिषद बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयमा अस्थायी दरबन्दी स्विकृत गर्ने र गत वर्षदेखि नै कामकाज गर्दै आइरहेकाहरुको यस वर्ष पनि दरबन्दी स्विकृत गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्