बेवारिसे अवस्थामा २२९ केजी गाँजा बरामद



न्युज अफ नेपाल, हेटौंडा।

मकवानपुर प्रहरीले बेवारिस अबस्थामा रहेको २ सय २९ केजी गाँजा बरामद गरेको छ । बुधबार साँझ करिब ५ बजे गाँजा बरामद गरिएको हो ।

मकवानपुरको भीमफेदी गापा–९, ढुंगेननजिक भित्री बाटोछेऊमा रहेको खोल्सीमा लुकाइराखिएको गा“जा अस्थायी प्रहरी पोष्ट नामटारबाट मोटरसाइकल गस्तीमा खटिएको प्रहरी टोलीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

९ वटा बोरा बेवारिस अबस्थामा फेला पारिएकोले ती बोरा खोलेर हेर्दा बोराभित्र १८ वटा बण्डल बनाएर प्लाष्टिकमा प्याकिङ गरिराखिएको अबस्थामा २ सय २९ केजी गाँजा बरामद गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र उक्त कार्यमा संलग्नहरुको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्