कोलकाताले जित्दा राजस्थानको पहिलो हार



दुबई, (एजेन्सी)
इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी १३औं सिजनमा कोलकाता नाइट राइडर्सले दोस्रो जित हात पारेको छ।
बुधबार राति भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ३७ रनले हराएको हो। योसँगै कोलकाताले ३ खेलमा ४ अंक जोडेको छ भने ४ अंक नै भएको राजस्थानको यो पहिलो हार हो। राजस्थानले पनि तीनै खेल खेलेको छ। टस हारेर कोलकाताले १ सय ७५ रनको ठँलो लक्ष्य दिएको थियो। जवाफमा राजस्थान १ सय ३७ रनमै समेटिएको थियो। जबकि, अघिल्लो खेलमा राजस्थानले २ सय २४ रनको लक्ष्य पार गरेको थियो।
कोलकातालाई जित दिलाउन बलरको अहम् भँमिका रह्यो। शिवम माभी, कमलेश नगरकोटी र बरुण चक्रवर्तीले २÷२ विकेट लिएका थिए। नगरकोटीले रोबिन उथप्पा (२ रन) र रियान पराग (१ रन) को विकेट लिएका हुन्। माभीले भने खतरनाक ब्याट्सम्यान जोस बटलर र सन्जु सेमसनलाई पवेलियन फर्काएर टोलीको जित सुनिश्चित गरेका थिए। त्यस्तै, बरुणले राहुल तेवतिया र जोफ्रा आर्चरलाई आउट गरे।
राजस्थानका ब्याट्सम्यानमा टम करनले सर्वाधिक ५४ रन बनाए। २ चौका र ३ छक्का प्रहार गरेका उनी नटआउट रहे पनि जित दिलाउन सकेनन्। अन्यमा जोस बटलरले २१ रन र राहुल तेवतियाले १४ रन जोडेका थिए। तेवतियाले यसअघि पन्जाबविरुद्धको खेलमा ७ छक्का प्रहार गरेर सानदार प्रदर्शन गरेर टोलीलाई जित दिलाएका थिए। तर, यस खेलमा भने उनले १ छक्का मात्रै प्रहार गरे। स्टिभ स्मिथ पनि ३ रन बनाएर पेट कमिन्सको बलमा आउट भए।
यसअघि कोलकाताले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो। टोलीका लागि शुभमन गिलले सर्वाधिक ४७ रन जोडे। यस्तै, आयन मोर्गानले ३४ रन, आन्दे्र रसेलले २४ रन र नितिश राणाले २२ रनको योगदान दिएका थिए। राजस्थानका लागि जोफ्रा आर्चरले १८ रन दिएर २ विकेट लिएका थिए।
कोरोनाको नियम तोडियो
कोलकाताको ब्याटिङ दौरान तेस्रो ओभरमा आईपीएलमा पहिलोपटक कोरोना नियम तोडिएको छ। राजस्थानका फिल्डर रोबिन उथप्पाले जयदेव उनादकटको बलमा ब्याट्सम्यान सुनील नारानको क्याच ड्रप गरेका थिए। यसपछि उनले गल्तीले बलमा ¥याल लगाए। कोरोनाका कारण आईसीसीले बलमा ¥याल दल्न प्रतिबन्ध गरेको छ। हरेक इनिङमा दुई पटकसम्म ¥याल लगाएमा चेतावनी दिइनेछ। तर, तेस्रोपटक ¥याल लगाएमा जरिबानाको रूपमा विपक्षी टोलीको खातामा ५ रन जोडिनेछ।

प्रतिक्रिया दिनुहोस्