सन्तु र श्यामले सलुन थपेर खोले फिल्म मेकअप स्टुडियो



नेपाली फिल्म क्षेत्रका गुरु–चेला मेकअप आर्टिस्टद्वय सन्तु तामाङ र श्याम बराल मिलेर राजधानीको अनामनगरमा फिल्म मेकअप स्टुडियो सञ्चालनमा ल्याएका छन्। सन्तु र श्यामको फिल्म मेकअप स्टुडियो युनिसेक्स सलुनको बिहीबार ख्यातिप्राप्त अभिनेता अभिनेत्री सुनील थापा र करिश्मा मानन्धरले शुभारम्भ गरे।

कपालदेखि नङसम्मको सबै प्रकारको सौन्दर्यसम्बन्धी तालिमका साथ सेवा प्रदान गर्ने गरी सन्तु र श्यामले सञ्चालनमा ल्याएको फिल्म मेकअप स्टुडियो युनिसेक्स सलुनको शुभारम्भ गर्दै अभिनेता सुनील थापा र अभिनेत्री करिश्मा मानन्धरले फिल्म क्षेत्रलाई जोडेर मेकअप स्टुडियोका साथमा सलुन सञ्चालनमा ल्याएकोमा खुसी व्यक्त गरे। सन्तु र श्यामले आफैंले काम गरेको क्षेत्रसँग सम्बन्धित व्यवसायबाट अरूलाई पनि लाभ दिनका लागि मेकअप स्टुडियोका साथमा सुलन सञ्चालनमा ल्याएको बताए।

सन्तु र श्याम एकै विधाका गुरु–चेला हुन्। श्याम सन्तुका चेला अशोक रोक्काका पनि चेला हुन्। श्यामले अनामनगरमै यस प्रकारको स्टुडियो सञ्चालनमा ल्याएका थिए। त्यसैमा सन्तु थपिई सलुनका साथमा विभिन्न सेवाका साथ क्षेत्र थप गरी फिल्म मेकअप स्टुडियो युनिसेक्स सञ्चालनमा ल्याइएको हो।

यसमार्पmत फिल्म मेकअपका साथमा सबैथरी मेकअप, हेयर स्टायल, फेसियल, मेडिकेयर र पेडि केयर, नेल आर्ट, मेहन्दीलगायतको तालिम र सेवा प्रदान गरिने सन्तुले जानकारी गराए। ‘कोरोना महामारीका बेला लगानी थपेर नयाँ व्यवसाय शुरु गर्नु जोखिम त छँदै छ।

तर, हामी ६÷७ महिनादेखि त्यतिकै बसिसकेको छौं। अबचाहिँ केही व्यवसाय गर्नुपर्छ, जानेकै कुरा गरौं भनेर हामी अगाडि बढेका हौं’, सन्तुले भने– ‘सधैं महामारी छ भनेर केही नगरी बस्ने कुरा हुँदैन भनेर जोखिम उठाएरै यो व्यवसाय शुरु गरेका हौं।’

स्पटब्वाइदेखि करियर शुरु गरी मेकअपको क्षेत्रमा नाम बनाएका सन्तु झन्डै ४ दशकदेखि यो क्षेत्रमा क्रियाशील छन्। उनले साढे दुई सय बढी फिल्ममा मेकअप गरिसकेका छन् भने झन्डै ३ दशकदेखि क्रियाशील श्याम बरालले ८५ वटा जति फिल्ममा मेकअप आर्टिस्टका रूपमा काम गरेका छन्।

प्रतिक्रिया दिनुहोस्