मेड्रिडमा लकडाउन गर्ने आदेश



मेड्रिड, (एजेन्सी)
स्पेनी सरकारले बिहीबार कोरोना भाइरस संक्रमणका घटना पुनः तीव्ररूपमा बढ्न थालेकाले राजधानी मेड्रिड र त्यसको वरपरका क्षेत्रमा लकडाउन गर्ने आदेश दिएको छ। यस नयाँ आदेशअनुसार अत्यावश्यक परिस्थितिबाहेक मानिसहरू घरबाहिर निस्कन पाउने छैनन्।
तर, मेड्रिडको क्षेत्रीय सरकारले भने यो लकडाउन कानुनीरूपमा वैधानिक नभएको जनाएको छ। विगत दुई साताभित्र स्पेनमा देखिएका १ लाख ३३ हजार ६ सय ४ जना नयाँ संक्रमितमध्ये एक तिहाईभन्दा बढी मेड्रिडकै रहेका छन्।
बुधबार स्पेनी क्षेत्रीय सरकारमा स्वास्थ्य स्याहारको जिम्मेवारी लिएर बसेकाले यदि १ लाख बढी आवादी रहेका स्थानमा ५ सय संक्रमणको घटना भएको, तीमध्ये ३५ प्रतिशत कोभिड–१९ बिरामी सघन उपचार कक्षमा रहेको तथा पोजिटिभ परिमाण १० प्रतिशत देखिएको खण्डमा त्यस्ता क्षेत्रमा लकडाउन लागू गर्ने पक्षमा अत्यधिक परिमाणमा मत खसालेका थिए।
मेड्रिडमा १ लाख जनसंख्यामा ७ सय ८० जना संक्रमित भेटिएका छन्। तर, कुन तिथिदेखि लकडाउन कार्यान्वयन गरिन्छ भन्ने तय गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्