पासपोर्टको पाना सकियो



गायक यमराज श्रेष्ठ र गायिका संगीता पौडेलको स्वरमा रहेको मौलिक दशैं गीत पासपोर्टको पाना सकियोको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।
परदेशमा धन कमाउनका लागि गएको छोरो र घरमा आश्रित परिवारको पीर र वेदना समेटिएको गीतमा इन्द्र दाहाल शिशिरको शब्द तथा कमल ज्योतिको लय सिर्जना र कृष्ण केसीको एरेन्ज छ। निशान बानियाको निर्देशनमा बनेको भिडियोमा वासु बरालको छायांकन र मनोज कार्कीको सम्पादन रहेको छ भने आशिर प्रताप जंग र सन्ध्या श्रेष्ठको अभिनय रहेको ।

प्रतिक्रिया दिनुहोस्