इवामुरा अस्पतालको लापरवाहीले गर्दा हिंडेर उपचार गर्न गएका व्यक्तिको ज्यान जोखिममा



न्युज अफ नेपाल, काठमाडौ ।

भक्तपुरको सल्लाघारीस्थित इवामुरा अस्पतालले गत शुक्रवार हिंडेर इन्डोस्कोपी गर्न गएका भक्तपुर चोर्चाका ४७ वर्षीय लक्ष्मीकुमार लाखाजुको ज्यान जोखिममा पारेको विरुद्धमा विहिवार दिनभर अस्पताल क्षेत्र तनावग्रस्त रह्यो ।

अस्पतालको लापर्वाही र चिकित्सकको हेलचक्र्याँइका कारण इन्डोस्कोपी गर्दा भित्री अंगमा असर पुुग्दा लाखाजु अन्तिम अवस्थामा रहेको परिवारस्रोतले जनाएको छ ।

इन्डोस्कोपी गर्दागर्दै इवामुरा अस्पतालले एक्सपायरड भन्दै मृत्यु भएको रिपोर्ट दिएपछि आत्तिएका उनका भाइ विजेस लाखा र छोरा नविनले तत्कालै अर्को अस्पतालमा लान जोडबल गरेपछि थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएको थियो ।

नर्भिक अस्पतालले जिउँदै रहेको भन्दै अहिले भेन्टिलेटरमा राखी उपचार गरिरहेको भाइ विजेस लाखाले बताए । नर्भिक अस्पतालले रगतको प्रवाह रोेकेका कारण मस्तिष्कमा क्षति पुगेकोले यसैं भन्न नसकिने जवाफ दिएको छ ।

इवामुराले मृत्यु भयो भनी थप उपचार नगरेकाले र अस्पतालमा खासै सुविधा नभएकाले सिकर्मी पेशा गर्ने लक्ष्मीकुुमार अन्तिम अवस्थामा पुुगेको ठहर स्थानीय बासिन्दाको छ । उनीहरु भन्छन्,‘इवामुराले मृत्युु भयो भनेको व्यक्तिको उपचार किन नर्भिकमा जीउँदै छ भन्दै इवामुरा अस्पतालकै रिफरमा उपचार भइरह्यो त ?’

चिकित्सकको लापर्वाहीले गर्दा र इन्डोस्कोपीको खराबी एवम इवामुरा अस्पतालको हेलचक्रयाँइका कारण सामान्य फर्निचरको काम गर्ने भक्तपुरका च्याम्हासिंहमा बस्ने लक्ष्मीकुमार लाखाजुको ज्यान जोखिममा परेपछि उनको परिवार नै जोखिममा परेको छ ।

हामीले पटक पटक इवामुरालाई के भएको हो र कसरी भएको हो भनेर जान्न फोनमा कुरा गर्दा र अस्पतालमा भेट्न खोज्दा समय नदिने र फोनमा पनि गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिने गरेका कारण जनताको स्वास्थ्य अधिकार र जनस्वास्थ्य ऐनको प्रत्याभुतिका लागि हामी बाध्य भएर दबाबमुलक कार्य गर्न वाध्य भएको आन्दोलनरत पक्षका रत्नश्वरी चवालले बताइन् ।

‘एउटा सकुुशल व्यक्ति एकैचोटी कोमामा जानुु आश्चर्यको कुरा हो । त्यसमाथि उपचारको क्रममा के भएको हो भनेर जान्न पाउने प्रत्याभुति जनस्वास्थ्य ऐनले व्यवस्था गरे पनि स्वास्थ्यको व्यापार गर्दै आएको इवामुरा अस्पतालले विरामीको परिवारको भावनामाथि ठेस पुुर्‍याएको छ । ’, उनले भनिन् ।

सामान्य सिकर्मीको परिवारले कसरी नेपालकै महँगो अस्पतालले शुल्क तिर्न सकिएला ? इवामुराको अस्पतालको लापर्वाहीका कारण नै यो घट्ना भएको हाम्रो ठहर छ । यसर्थ विरामीको निःशुल्क उपचारको व्यवस्था गर्नुुपर्ने माग परिवारले गरेको छ ।

इवामुरा अस्पतालले भने दिनभरी तिमीहरु जे गर्न सक्छौ गर भन्दै प्रहरी दमन गराउने प्रयास गरेको थियो । तर भक्तपुरबासीको दिनभरीको आन्दोलनपछि वार्ता भएको र बार्ता सकारात्मक हुँदै गएको बताइएको छ ।

विजेस लाखा –भाइ –९८५१०३६४५६
नविन लाखा –छोरा

प्रतिक्रिया दिनुहोस्