पूर्व युवराज्ञी हिमानी शाहद्वारा ‘हिमानी कोष’ मा आवद्ध स्वयंसेवकप्रति आभार प्रकट (भिडियोसहित)



न्युज अफ नेपाल, काठमाडौँ ।

पूर्व युवराज्ञी हिमानी शाहले हिमानी कोषमा आवद्ध भएर सहयोगका हातहरु अघि बढाएका स्वयंसेवक लगाएत सम्पूर्ण सहयोगीलाई आभार प्रकट गरेकी छन् ।

आज एक भिडियो सार्वजनिक गर्दै सम्पूर्ण सहयोगी मनहरुलाई शाहले आभार प्रकट गरेकी हुन् । उक्त भिडियोमा उनले मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको बताउँदै परिआएको समयमा सबैलाई सहयोग गर्नुपर्ने बताएकी छन् ।

‘प्रार्थना गर्ने ओठहरु भन्दा सेवा गर्ने हातहरु महान् हुन् भन्ने वाक्यलाई आत्मसमथ गर्दै आफ्नो स्थापना कालदेखि नै हिमानी कोषले स्रोत र साधनले भ्यासम्म सामाजिक सेवाको कार्यमा आफूलाई सर्मपीत गर्दै आइरहेको सर्वदितै छ ‘ उनले भनिन् ।

यस्तै, हिमानी कोषले देशका सातै प्रदेबाट आफ्ना सेवाहरु प्रदान गर्ने भएकाले कोषमा आवद्ध हुन ईच्छुक स्वयंसेवकलाई हार्दिक आमन्त्रण समेत गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्