‘हार्ट हिरो’ को ‘टन्सिलले बिगारेको मुटु’



न्युज अफ नेपाल, हेटौंडा।

अस्पतालमा नर्सिङ काम गर्ने आमालाई बिरामीहरुले तारिफ गरेको सुनेर डाक्टर बन्ने अठोट गरेका प्रकाशराज रेग्मी हिजोआज एक चर्चित मुटुरोग विशेषज्ञमात्र नभएर बाथ–मुटुरोगको रोकथाम र उपचारको अभियानमा सामाजिक क्षेत्रबाट नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् ।

उनले चिकित्सा व्यबसाय एवम् समाजसेवाका क्षेत्रमा गरिरहेको योगदान अनुकरणीय त छ“दैछ, एउटा प्रतिष्ठित चिकित्सकका रुपमा स्थापित उनको जीवन हरेकका लागि प्रेरणाको ऊर्जावान् स्रोत पनि बनेको छ ।

सन् २०१९ मा विश्व मुटु महासंघबाट ‘हार्ट हिरो’ को सम्मान पाएका नेपालका उनै चर्चित मुटुरोग विशेषज्ञ डा. रेग्मीद्वारा लिखित ‘टन्सिलले बिगारेको मुटु’ नामक पुस्तक हेटौंडामा लोकार्पण गरिएको छ । डा. रेग्मीले पुस्तकमा बाथ–मुटुरोग रोकथामका संघर्ष र अनुभूतिबारे उल्लेख गरेका छन् ।

डा. रेग्मीका अनुसार बाथ–मुटुरोग गरिबी र अशिक्षाबाट प्रताडितको मुद्धा हो । यसको सबभन्दा ठूलो शिकार विपन्नतामा हुर्किएका बालबालिका भइरहेका छन् । ‘सामान्य टन्सिल रोगका कारण उत्पन्न हुने रोगबारे ९९ प्रतिशत मानिस अनभिज्ञ छन्,’ पुस्तक लेखक डा. रेग्मी भन्छन्–यो रोगबाट अशक्त बिरामी अबस्थामा जीवन बिताउनेहरु असंख्य छन् ।

जनचेतनामा अभिवृद्धिमात्र गराउने हो भने यो घातक रोगबाट हजारौं बालबालिकाको मृत्युदेखि त्योभन्दा पनि ठूलो संख्यामा अशक्त जीवन बिताउन बाध्यहरुको अबस्था फेर्न सकिने डा. रेग्मी दाबी गर्छन् । लेखक डा. रेग्मीले मुटुरोग रोकथामको उपचार गा¥हो भएकोले सरकारले यसलाई आफ्नो नीतिमा राख्नुपर्ने सुझाए ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पुस्तक लोकार्पण गरेका हुन् । कार्यक्रममा मुख्यमन्त्री पौडेलले डा. रेग्मीले आफ्ना अनुभवसहित स्वास्थ्य सचेतनामूलक पुस्तक लेखेको भन्दै आभार व्यक्त गरे । उनले पुस्तकमा टन्सिल र मुटुरोगका लक्षण, बच्ने उपाय, उपचार विधिसमेत उल्लेख भएकोले सबैले अध्ययन गर्नुपर्ने आबश्यकता औंल्याए ।

सामान्य पाठकका निम्ति पनि रोचक उक्त पुस्तकले सर्वसाधारणको रुचिलाई समात्दै स्वास्थ्यका गहन विषयहरु बुझाउने प्रयास गरेको भन्दै खुशी व्यक्त गरे । स्वास्थ्य सम्बन्धी ससाना कुरामा ध्यान दिन नसक्दा भविष्यमा जटिल समस्या आइपर्ने गरेको उनले बताए । स्वास्थ्य क्षेत्रमा समस्या, कमजोरी भए पनि प्रदेशको राजधानी हेटौंडामा हरेक किसिमको सेवाका लागि बाहिर जान नपरोस् भन्ने ढंगले स्वास्थ्य क्षेत्रमा काम भइरहेको मुख्यमन्त्री पौडेलले दाबी गरे ।

सामान्यतया गरिबी, अल्पपोषण, सरसफाइ कमी आदि कारणले बालबालिकाको घा“टीमा संक्रमण हुन्छ । यस्तो अबस्थामा घा“टी दुख्ने, टन्सिल बढ्ने, स्वर भासिने, निल्न गाह्रो हुने, ज्वरो आदि आउने हुन्छ ।

कतिपयले नुन, तातो पानीले घरमै उपचार गर्छन् भने कतिपयलाई अस्पताल नै जानुपर्ने हुन्छ । कतिपयको घा“टी दुखाइ निको भएर पनि दोहोरिएर आउने, जोर्नीहरु दुख्ने र ज्वरो आउने हुन्छ । यसलाई बाथ–ज्वरो भनिन्छ । विशेषगरि ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकामध्ये धेरैको मुटुको भल्भमा असर परी मुटु क्षतिग्रस्त हुन्छ । यसलाई बाथ–मुटुरोग भनिन्छ ।

नेपालमा वर्सेनी आठ सय जनाको मुटुको भल्भ फेर्नुपर्ने अबस्था छ । यसबाट हुने मुटुको रोगीलाई सरकारले निःशुल्क शल्यक्रियाको बन्दोबस्त गरिदिए पनि यसको रोकथामका पहल भने हालसम्म पनि अघि बढ्न सकेको छैन । त्यसैले यो अबस्थाको निराकरण होस् भन्ने उद्धेश्यले चिनिएका मुटुरोग विशेषज्ञ डा. रेग्मीले यस विषयलाई स्पष्ट पार्ने गरी किताब तयार पारेका हुन् ।

यस क्षेत्रमा कार्यरत् संघसंस्था, नीतिनिर्माता, सञ्चारकर्मी, चिकित्सा क्षेत्रका विद्यार्थीका लागि पनि पुस्तक उपयोगी छ । पुस्तकमा उनको प्रेरणादायी एवम् अनुकरणीय जीवनका संघर्षपूर्ण कथाहरु समेटिएका छन् । पुस्तकभित्र नेपाली समाजको चित्र छ । रोगीको वेदना छ ।

मुटु उपचार सेवा राजधानीबाहिर ग्रामीण क्षेत्रसम्म ईसीजी र इकोकार्डियोग्राफी प्रविधिसहित पु¥याउने कार्यमा डा. रेग्मीको महत्वपूर्ण योगदान छ । उनले बाथ–मुटुरोगको उपचारभन्दा थोरै पैसामा हुनसक्ने रोकथाममा जोड दिन नेपाल हार्ट फाउण्डेसनमार्फत् सशक्त अभियान थालनी गरेका थिए ।

जसअन्तर्गत् विभिन्न कार्यक्रम चलाए । त्यसमध्ये एउटा प्रभावकारी कार्यक्रम हो –बालहृदय बचाऊ कार्यक्रम । स्कुलहरुमा गएर बालबालिकाको मुटु परीक्षण गर्ने र बाथ–मुटुरोगबारे जनचेतना अभिवृद्धि गर्न प्रचारप्रसार गर्ने कार्यक्रमलाई उनले नेतृत्व गरेर नेपाल हार्ट फाउण्डेसनमार्फत् मुलुकका अधिकांश जिल्लामा पुर्‍याएका थिए ।

प्रतिक्रिया दिनुहोस्