मृत्युपछि चुनावी सफलता



एजेन्सी । 

कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएका रोमानियाका एकजना मेयर मृत्युपछि अत्यधिक मतले स्थानिय चुनावमा जितेका छन् । आयोन एलिमानले दक्षिणी रोमानियाको देभेसेलु नामक गाउँमा तेश्रो कार्यकालका लागि मेयर पदमा विजय हासिल गरेका हुन् ।

उनी खसेको कूल मत मध्ये ६४ प्रतिशत मत हासिल गर्न सफल भएका छन् । उनको १५ सेप्टेम्वरमा राजधानी बुखारेस्टमा मृत्यु भएको थियो । निर्वाचन कार्यालयका अधिकारीहरुले उनको नाम मतदाता पत्रमा छापिइसकेकाले मृत्यु पछि पनि उनको उम्मेदवारी हटाउन नमिलेको बताएका छन् । अब उनको स्थानमा अर्को चुनाव गराइने भएको छ ।

उनका समर्थकहरुले एनको चुनावाी सफलतापछि उनको चिहानमा गएर उनी प्रति हार्दिक श्रद्धान्जली व्यक्त गरेका थिए । ५६ वर्षिय एलिमान पुर्व नौसैनिक अधिकारी तथा बामपन्थी सोशियल डेमोक्रेटिक पार्टी ( पीएसडी ) का सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस्