म्याड्रिडमा लकडाउन गर्न आदेश



म्याड्रिड, (एजेन्सी) ।

स्पेनी सरकारले विहिवार कोरोना भााइरस संक्रमणका घटना पुन तिव्र रुपमा बढ्न थालेकाले राजधानी म्याड्रिड र त्यसको वरपरका क्षेत्रमा लकडाउन गर्ने आदेश दिएको छ । यस नयाँ आदेश अनुसार अत्यावश्यक परिस्थिीतमा बाहेक मानिसहरु घर बाहिर निस्कन पाइने छैन ।

तर म्याड्रिडको क्षेत्रिय सरकारले भने यो लकडाउन कानुनी रुपमा वैधानिक नभएको जनाएको छ । विगत दुई साता भित्र स्पनेमा देखिएका १ लाख ३३ हजार ६ सय ४ जना नयाँ संक्रमित मध्ये एक तिहाइ भन्दा बढि म्याड्रिडकै रहेका छन् ।

बुधवार स्पेनी क्षेत्रिय सरकारमा स्वास्थ स्याहारको जिम्मेवारी लिएर बसेकाहरुले यदि १ लाख भन्दा बढि आवादी रहेका स्थानमा ५ सय संक्रमणको घटना भएको , ति मध्ये ३५ प्रतिशत कोभिड १९ बिरामी सघन उपचार कक्षमा रहेको तथा पोजिटिभ परिमाण १० प्तिशत देखिएको खण्डमा त्यस्ता क्षेत्रमा लकडाउन लागु गर्ने पक्षमा अत्यधिक परिमाणमा मत खसालेका थिए ।

म्याड्रिडमा १ लाख जनसंख्यामा ७ सय ८० जना संक्रमित भेटिएका छन् । तर कुन तिथि देखि लकडाउन कार्यान्वयन गरिन्छ भन्ने तय गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्