जपानका ‘ट्वीटर किलर’ द्वारा अपराध कबुल



टोकयो,(एजेन्सी) । 

जापानका एकजना पुरुषलाई टिव्टर मार्फत आफ्नो सम्पर्कमा आएका नौ व्यक्तिको हत्या गरेको अभियोगमा मुद्धा अघि बढाइएको जापानी संचार माध्यमले विहिवार जनाएको छ । यस क्रुर हत्याकाण्डको कारण सिंगो जापानै स्तब्ध बनेको छ । ‘ट्वीटर किलर ’ को उपनामले कुख्याती कमाएका ताकाहिरो सिराइसीलाई सन् २०१७ मा प्हरीले गिरफतार गरेका थिए ।

त्यतिवेला उनको अपार्टमेन्टबाट मानव अंगका टुक्राहरु बरामद भएको थियो । बुधवार राजधानी टोकयो स्थित एक अदालतमा उनले आफु विरुद्ध लगाइएका सम्पूर्ण अपराधिक अभियोग स्विकार गरेका थिए । तर उनका वकिलहरुले पिडकहरुले उनलाई आफ्नो हत्या गर्न सहमति दिएको स्पष्ट देखिएकाले उनको संजाय घटाइनु पर्ने धारण व्यक्त गरेका छन् ।

यदि अन्तत अदालतले उनलाई सम्पूर्ण हत्याकाण्डका लागि दोषि करार गरिएको खण्डमा उनलाई मृतयुदण्ड सुनाइने छ । जापानमा मृत्युदण्ड पाउनेहरुलाई फासी दिइने प्रचलन छ । जापानी सरकारी समाचार निकाय एनएचकेका अनुसार यस मुद्धा प्रति जनताको निकै उत्सुकता रहेको देखिएको छ । मुद्धको कारवाही हेर्न अदालतको १३ वटा दशर्कदिर्घाका सिटमा ६ सय जना भन्दा बढि सर्वसाधारण बसेको बताइएको छ ।

ताकाहिरोले सन् २०१७ मा आत्महत्या गर्ने विचारमा रहेका महिलाहरुलाई सम्पर्क गर्न ट्विटर एकाउन्ट खोलेका थिए । उनको सबै अर्थात आठै जना पिडित महिला रहेका छन् । एक जना त १५ वर्षिया किशोरी रहेकी छन् । एक मात्र २० वर्षिय पुरुष उनको शिकार भएका थिए । यनलाई पनि उनकी प्रेमिकाको ठेगान सोधेर उनले हैरान पारेका थिए ।

२९ वर्षिय ताकाहिरोले आफुले मर्न चाहनेहरुलाई सजिलै मर्ने तरिका बताउने र आफु पनि तिनीहरुसंगै मर्ने बताएर शिकार फसाउने गरेको बताइएको छ । उनले ट्विटरमा यसरी सन्देश लेख्ने गर्दथे , ‘ साँच्चै पिडा भोगिरेका हरुलाई म मद्धत गर्न चाहन्छुं । कृपया मलाई कुनैपनि बेला प्रत्यक्ष सन्देश पठाउनू होला । तर ताकाहिरोले आफ्नै वकिलको भनाई काट्दै पिडितहरुलाई तिनीहरुको अनुमति बिना नै आफुले मारेको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्