परमाणु हतियार बनाइसक्यौँ, अब अर्थब्यवस्थामा ध्यान दिन्छौं : उत्तर कोरिया



प्योंगयांग (एजेन्सी)

उत्तर कोरियासँग प्रभावकारी तथा विश्वासनिय परमाणु हतियार भइसकेको उल्लेख गर्दै अब देशको अर्थब्यवस्था विकसित गर्न ध्यान दिने जनाएको छ ।

संयुक्त राष्ट्रका लागि उत्तर कोरियाली राजदुत किम सांगले मंगलबार उक्त दावी गरेको हो । अन्तराष्ट्रिय प्रतिबन्धले यस दिशामा रुकावट उत्पन्न गर्ने पनि उनले बताए । संयुक्त राष्ट्रको महासभालाई सम्बोधन गर्दै किमले देशमा महामारी विरुद्धको स्थिति अब नियन्त्रणमा रहेको जानकारी दिए ।

उत्तर कोरियामा अहिले एक जनामा पनि संक्रमण पुष्टी नभएको दावी गरिएको छ । देश र जनताका सुरक्षा सुनिश्चित गरेपछि अब डीपीआरके आर्थिक विकासमा ध्यान दिइरहेको किमले बताए । आर्थिक विकासका लागि कोरिया बाहिरको स्थिति अनुकुल हुन जरुरी भएको तर ठुलो परिवर्तनका लागि देश आफनो सम्मान बेच्न नसक्ने उनले बताए ।

उत्तर कोरियालाई सैन्य सक्तीको आडमा डराउन खोजिएको आरोप उनले लगाए । त्यसैले युद्धबाट बच्ने सक्ती हासिल भएपछि मात्र शान्ति सम्भव हुनेछ ।

परमाणु र ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमका कारण उत्तर कोरिया विरुद्ध पहिले देखि नै अन्तराष्ट्रिय प्रतिबन्ध लगाइएको थियो । कोरोना भाइरस महामारीका कारण छिमेकी देशले आफनो सीमा बन्द गरेको छ जसले कोरियालाई आर्थिक नोक्सान भइरहेको छ ।

गत अगस्टमा संयुक्त राष्ट्र सुरक्षा परिषदलाई उत्तर कोरिया आफनो परमाणु कार्यक्रममा काम गरिरहेको र अब ब्यालिस्टिक क्षेप्यास्त्रमा समायोजन हुने परमाणु अस्त्र बनाइरहेको जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्