एडभान्स सिमेन्टको कारोबारमा ठगी भएको गुनासो



काठमाडौं । निर्माण कार्यमा देशभर प्रयोग भैरहेको एड्भान्स सिमेन्टको कारोबारमा ठगी भएको गुनासो आएको छ । एड्भान्स सिमेन्टले डिलरहरुबाट लकडाउन समयमा समेत बाकी बक्यौताको चर्को व्याज समेत असुल गरेको गरेको समेत गुनासो गरेका छन् ।

विगत ५ वर्ष देखि एड्भान्स सिमेन्ट विक्रि गर्दै आएका काभ्रेको भकुन्डे हार्डवयरका प्रोपाईटर विकास खनालले आफ्नो हार्डवयरले एडभान्स सिमेन्टलाई लकडाउनको समयको व्याज सहित तिर्नुपर्ने अन्तिम बक्यौता ६ लाख ७८ हजार भएपनि कम्पनीले जवरजस्ती ९ लाख रुपैया लिएको बताए ।

तिर्नुपर्ने बक्यौतामा स्पष्ट रुपमा ६ लाख ७८ हजार देखिए पनि बढी रकम लिएको बारे गुनासो गर्दा कम्पनीले प्रहरी प्रशासन आफ्नो भएको भन्दै विरोध नगर्न धम्की दिएको बताए । एड्भान्स सिमेन्ट विक्र गर्दै आएका दोलालघाट र बनेपाका हार्डवयरका केहि प्रोपाइटरहरु पनि यस्तो गुनासो लिएर मिडिया हाउस धाउन थालेका छन् ।

लकडाउनको समयमा भकुन्डे हार्डवयरलाई साढे ५ लाख बक्यौतामा ८१ हजार व्याज जोडेर फाइनल स्टेटमेन्ट पडाएपनि ९ लाख असुले पछि एडभान्स सिमेन्टको ठगी धन्दा बारे बोल्न बाध्य भएको प्रोपाइटर खनाल बताउछन् ।

भकुन्डे हार्डवयरका प्रोपाइटर खनालको गुनासो बारे प्रतिक्रिया लिन खोज्दा एड्भान्स सिमेन्टको प्रोपाइटर अरुण कुमार कर्णको मोबाइल सम्पर्क हुन सकेन भने एड्भान्स सिमेन्ट बानेश्वर कार्यालयका मेनेजार सन्तोष भट्टराईले यो कुरा झुट भएकोले समाचार नलेख्न आग्रह गर्नुभयो । हार्डवयरहरुलाई दिन्छु भनेको बोनस पनि नदिने र लकडाउनको समयमा चर्को व्याज जोडेर हिसाब पडाउने गरेको गुनासो छ ।

लकडाउनको समयमा भकुन्डे हार्डवयरलाई साढे ५ लाख बक्यौतामा ८१ हजार व्याज जोडेर फाइनल स्टेटमेन्ट पडाएपनि ९ लाख असुले पछि एडभान्स सिमेन्टको ठगी धन्दा बारे बोल्न बाध्य भएको प्रोपाइटर खनाल बताउछन् ।

एडभान्स सिमन्टका मेनेजर भट्टराई भने भकुन्डे हार्डवयर संग सहमतिमा फाइनल हिसाम राफसाफ भैसकेको भन्दै गलत समाचार लेखे प्रेस काउन्सिलमा उजुरी दिने बताउछन् । भकुन्डे हार्डवयरले ५ वर्षको अवधिमा एडभान्स सिमेन्ट संग १२ करोडको कारोबार गरिसकेको प्रोपाइटर खनाल बताउछन् । साथै उनले अफुले तिर्नुपर्ने भन्दा बढी रकम लिएको बारे गुनासो गर्दा सबै प्रहरी प्रशासन आफ्नो हातमा भएको भन्दै धम्की दिएको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्