तमादी पहिरोको पीडा, विद्यालयमा बसेर काजक्रिया



अमृत अर्याल, स्याङ्जा ।

गत असोज ८ गते पहिरोले परिवारका नौ सदस्यसहित घरबास उठेपछि भोजराज नेपालीले विद्यालयमा बसेर काजक्रिया गर्नुभएको छ । स्याङ्जाको वालिङ १४ तमादीमा माया नेपालीको घरमाथिबाट आएको पहिरोमा पुरिँदा नौ जनाको ज्यान जानुका साथै घरबासै उठको थियो । पहिरोले परिवारका नौ सदस्यसहित बासै उठाएपछि विचल्लीमा परेको उक्त परिवारका बाँचेका बाँकी सदस्यले अहिले नजिकैको विद्यालयमा बसेर काजक्रिया गरिरहनुभएको छ ।

पहिरोमा परी ज्यान गुमाएकी माया नेपालीका माईला छोरा भोजराज नेपाली रोजगारीको शिलशिलामा भारतमा रहेको र घरमा घटना भएपछि आएर नजिकैको फूलबारी आधारभूत विद्यालय जिमिरेमा बसेर काजक्रिया गरिरहनुभएको छ । स्थानीय वासिन्दा चिरन लुईटेलका अनुसार माईला छोरा भोजराज पूरै क्रियामा सहभागी हुनुहुन्छ भने जेठी छोरी शोभा नेपाली र कान्छी छोरी मनिषा नेपाली ठाडो क्रियामा बस्दै आउनुभएको छ ।

पहिरोले हामी बस्दै आएको बास त उठायो–उठायो सँगै परिवारका अन्य सदस्यहरुलाई पनि लग्यो मनिषाले भन्नुभयो, “दिदीको बिहे भएकाले आफ्नो घरमा हुनुहुन्थ्यो, दाई विदेशमा हुनुहुन्थ्यो, घरमै बसेकामध्ये म मात्रै बाँचेकी हुँ” । बस्दै आएको घरको नाम निशान केही नभएकाले तत्कालका लागि नजिकैको विद्यालयमा आश्रय लिएर बसेको र त्यहीँ नै काजक्रिया गरिएको छोरी मनिषाले बताउनुभयो ।

घरमाथिपट्टिको डाँडो चर्किएकोले जतिबेला पनि खस्न सक्ने भएकाले हामी पानी परेका रातको समयमा छिमेकीकोमा बस्न जाने गरेको भन्दै मनिषाले भन्नुभयो, त्यो राति पनि मैंले छिमेकीकोमा जान अनुरोध गरेँ तर दाजुहरुले मान्नुभएन बिहान पख सबैलाई पु¥यो, म उठेर बाहिर निस्कन लाग्दा मलाई नि ढोकैमा शरीरको केही भागसम्म पु¥यो । पछि गुहार मागेपछि छिमेकीहरुले उद्धार गर्नुभयो मनिषाले त्यो दिनको घट्ना सम्झदै भन्नुहुन्छ ।
घटना हुँदाका बेला उक्त घरमा दश जना थिए स्थानीय टिकाराम लुईटेलले भन्नुभयो, “पहिरोमा पुरिएर नौ जनाको घटनास्थलमै ज्यान गयो, मनिषालाई भने हामीले जीवितै उद्धार गर्न सक्यौं” । अन्य नौ जनालाई भने जिवितै उद्धार गर्न सकेनौ यसैमा आफू दुखी भएको लुईटेलले बताउनुभयो ।

घाईते अवस्थामा उद्दार गरिएकी मनिषाको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारपश्चात घर फर्किएर ठाडो काजक्रियामा बस्नुभएको छ । मनिषाको सम्पूर्ण खर्चको ब्यवस्था वालिङ नगरपालिकाले गर्ने बैठकले निर्णय गरेको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

नगरपालिकाले विपदको घटनामा परी कुनै ब्यक्तिको मृत्यु भएमा प्रति मृतक रु. १० हजार परिवारलाई उपलब्ध गराउने, घर पूर्णरुपमा क्षति भएमा रु. १० हजार, खाद्यान्न बाली जग्गा जमिन नष्ट भएमा रु. ५ हजार, घर आंशिकरुपमा क्षति भएमा रु. ७ हजार, गोठ नष्ट भएमा रु. ५ हजार, घटनामा परी घाईते हुनेहरुलाई उपचारका लागि अस्पताल जान आउन यातायात खर्चवापत रु. ३ हजार र विपदका कारण दुहुनो गाईभैंसी मरेमा प्रति पशु रु. ८ हजार र दुध दिन योग्य गाई भैंसी भएमा रु. ५ हजार, खसी बोका र माउ बाख्रा भएमा रु. ३ हजार राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

धार्मिक संस्कार ः गत असोज ८ गते सडकको पहिरोले पुरिएर मृत्यू भएका नौ जनाको स्थानीय विद्यालयमा काजक्रिया गर्दै मृतक माया नेपालीका माईला छोरा भोजराज नेपाली । भारतमा नोकरी गर्न गएका कारण उहाँ बाँच्न सफल हुनुभयो भने उहाँकी कान्छी बहिनीको स्थानीयबाट जिवितै उद्धार भएको थियो । तस्विर ः

प्रतिक्रिया दिनुहोस्