भोजपुरी फिल्मका अभिनेता अक्षयद्वारा आत्महत्या



भारतको भोजपुरी फिल्म जगत्का अभिनेता अक्षय उत्कर्षले मुम्बाईमा आत्महत्या गरेका छन्।
वेब दुनिया डट कमले जनाअनुसार आप्mनो महिला साथीका साथ मुम्बईमा बस्दै आएका २६ वर्षीय अभिनेतालाई मुम्बईस्थित आप्mनै फ्ल्याटमा झुन्डिएको अवस्थामा भेटिएको थियो।

उनिसँगै बस्ने महिलाका अनुसार रातको ११ बजेसम्म कुराकानी गरेर बसेका अक्षय कुराकानीपछि आप्mनो कोठामा गएका थिए। त्यसपछि उनले अक्षयलाई झ्यालबाट झुन्डिएको अवस्थामा देखेकी थिइन्। महिलाले प्रहरीलाई खबर गरेपछि उनलाई अस्पताल पु¥याइएको तर अस्पतालले मृत घोषणा गरेको समाचारमा जनाइएको छ।

फिल्म क्षेत्रमा संघर्ष गर्ने क्रममा २ वर्षअघि मुम्बई पुगेका उनी ६ महिना अघिदेखि महिला साथीसँग मिलेर फ्ल्याटमा बस्दै आएका थिए। उनले शहरमा बस्नका लागि साथीका साथ ऋणसमेत लिएका थिए। प्रहरीको रिपोर्टअनुसार कोरोनाका कारण भएको लकडाउनका कारण आर्थिक समस्या बढ्दै गएपछि उनले आत्महत्या गरेको हुन सक्ने भनिएको छ।

प्रतिक्रिया दिनुहोस्