ज्योतिको यो कस्तो माया



गीतकार ज्योति गुरुङको शब्द रचनामा यो कस्तो माया बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। प्रेम वियोगको विषयमा गीतहरू लेख्न रुचाउने गीतकार गुरुङकै युट्युब च्यानल जेजी क्रियसनबाट सार्वजनिक भिडियोमा प्रेममा धोका पाएकी युवतीको कथा देखाइएको छ।
गायिका मेलिना राईले गाएको गीतमा संगीत अर्जुन सुनमको रहेको छ भने एरेन्ज बीबी अनुरागीको रहेको छ। एउटी नारी आदर्श प्रेमको विश्वासमा परेर पुरुषबाट पाएको धोकालाई निर्देशक कुशल श्रेष्ठले कलात्मक शैलीमा यसको म्युजिक भिडियोमा प्रस्तुत गरेका छन्। भिडियोमा ध्रुव दत्त, निरू कोइराला र आस्था जोशी बटाजुले अभिनय गरेका छन्। बेलायतमा नै खिचिएको भिडियोमा छायांकन र सम्पादन पनि निर्देशक श्रेष्ठकै रहेको छ। निर्देशक श्रेष्ठले बेलायतबाट नै चलचित्रका गीत र म्युजिक भिडियो गरी तीन दर्जनबढी निर्माण निर्देशन गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्