उपत्यकामा थप ९०२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४ हजार १६० पुग्यो



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९०२ कोरोना संक्रमित भेटिएका छन्।

काठमाडौंमा ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

यस्तै, उपत्यकामा कोराना संक्रमितको संख्या २४ हजार १ सय ६० पुगेको छ । काठमाडौंमा १९ हजार ५७६, ललितपुरमा २ हजार ३५७ र भक्तपुरमा १ हजार १२७ संक्रमित पुगेको गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्