रुपन्देहीको देवदहमा सात करोडको लागतमा अस्पताल बन्दै



न्युज अफ नेपाल, बुटवल ।

रुपन्देहीको देवदह नगरपालिकामा ६ करोड ७५ लाख ४१ हजार १३५ रुपैंयाको लागतमा अस्पताल निर्माणको काम सुरु भएको छ । नगरपालिकार संघीय सरकारको बजेटमा वडा नं ५ मा अस्पताल निर्माणको काम सुरु गरिएको हो ।

नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले २०८० असारसम्ममा सम्पन्न गर्ने गरी ६ करोड ७५ लाख ४१ हजार १३५ रुपैंयामा ठेक्का स्वीकृत भई काम समेत सुरु गरिएको जानकारी गराउनु भयो । उक्त अस्पताल भवनको हालै प्रतिनीधि सभा सदस्य छवीलाल विश्वकर्माले भिडियो सम्वादका माध्यमबाट सिलान्यास गर्नुभएको थियो ।

अस्पताल भवन निर्माण सम्पन्न गर्नको लागि आफ्नो तर्फबाट पूर्ण सहयोग रहने त्यस अवसरमा उहाँले जानकारी गराउनु भएको थियो । उक्त अस्पताल भवन समयमै सम्पन्न हुनेमा विश्वास व्यक्त गर्दै नगरप्रमुख खत्रीले सबैको साथ र सहयोगका लागि समेत आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्