रौतहटमा बाघको आक्रमणबाट एकको मृत्यु, दुई घाइते



सञ्जय कार्की, रौतहट ।

बाघको आक्रमणबाट रौतहटमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।

घास काटन जङ्गल गएका चन्द्रपुर नगरपालिका–६ स्थित चिम्नीटोल निबासी संगम भण्डारीको बाघको आक्रमण बाट मृत्यु भएको हो । हराईरहेका भण्डारी लाई खोज्न गएका १४ जनाको युबाहरुको समुह मध्ये दुई जना लाई समेत बाघले आक्रमण गरी घाईते बनाएको छ ।

बाघको आक्रमण बाट सोही टोल निबासी ३४ वर्षीय प्रविन श्रेष्ठ र अशोक थापा घाईते भएका हुन । हिजो आक्रमणमा परेका भण्डारीको आज मात्रै चन्द्रपुरबाट पश्चिमकोबीच जङ्गलको खोल्सामा शब भेटिएको हो । उनी आक्रमणमा परेपछि आज मात्रै खोज्न नेपाल प्रहरी, ससस्त्र प्रहरी, बनरक्षक, रङ्गपुर साझेदारी उपभोक्ता समुह र स्थानीय गरी एक सय भन्दा बढि परिचालित भएका थिए ।

भण्डारीको कम्मर भन्दा तलको भाग बाघले खाईसकेको अबस्थामा शब भेटिएको डिभिजन बन कार्यालयका फरेष्टर शम्भु महतोले बताउनु भयो । घाइतेहरुको मंगलबार राति नै चन्द्रपुर अस्पतालमा प्राथमिक उपचार पछि घर फर्केका छन । बाघको आक्रमणबाट रौतहटमा पहिलो पटक मानिसको ज्यान गएको डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्