ट्रम्प र बाइडेनबीच बहसमै चकाचर्की



वासिंगटन (एजेन्सी) ।

अमेरिकी राष्ट्रपति पदका दुई प्रमुख प्रत्यासी राष्ट्रपति डोनाल्ड ट्रम्प र जोय बाइडेनबीच बुधबार पहिलो प्रत्यक्ष बहस भयो । दुबै प्रतिद्वन्द्विले स्वास्थ्य, न्याय, नस्लिय भेदभाव र अर्थब्यवस्था जस्ता फरक फरक मुद्दामा आफनो मत राख्ने क्रममा एक अर्कालाई कडा प्रहार गरे ।

कोविड १९ महामारीका बारेमा सोधिएको एक प्रश्नको जवाफमा ट्रम्पले यदी बाइडेन उनको स्थानमा हुने हो भने अमेरिकामा यो भन्दा धेरै मृत्यु हुने बताए । यसको जवाफमा बाइडेनले महामारीसँग लड्नका लागि ट्रम्पसँग कुनै योजना नै नभएको बताए ।

अमेरिकामा कोरोना भाइरस संक्रमण ७० लाख नाघिसकेको छ र यो रोगबाट अहिलेसम्म दुई लाखको मृत्यु भइसकेको छ । बाइडेनले कोरोना भाइरस महामारीसँग लड्ने मुद्दामा ट्रम्प प्रशासनको आलोचना गरे । त्यसको जवाफमा ट्र्रम्पले महामारी नियन्त्रणका लागि सरकारले उत्कृष्ट काम गरेको बताए ।

ट्रम्पले भने, हाम्रो सरकारले कोरोना भाइरस नियन्त्रण गर्न मास्क, पीपीई किट र औषधी ल्याए । हामी कोरोना खोप बनाउनमा मात्र केही हप्ता टाढा छौं । मैले कम्पनीहरुसँग कुरा गरेको छु, र म भन्न सक्छु, हामी चाँदै नै खोप बनाउन सक्षम हुने छ । अमेरिकामा कोरोनाबाट हुन मृत्युको मुद्दामा भारत, रुस र चीनले कोरोना भाइरसबाट हुने मृत्यु आंकडा लुकाएको आरोप लगाए ।

दुवै नेताले एक अर्कामाथि मास्क लगायत खोप तथा भौतिक दुरी जस्ता मुद्दामा पनि टिक्काटिप्पणी गरेका थिए । बाइडेनले ट्र्रम्पमाथि मास्क लगाउने विषयमा गम्भिर नभएको आरोप लगाएपछि ट्रम्पले बाइडेनलाई ठट्टामा उडाउँदै भने, बाइडेन २ सय फिट पर बसेर पनि ठुलो मास्क लगाएर आउँछ ।

बहस कार्यक्रमका आयोजक क्रिस वेलेसले महामारीका बेला पनि भिडभाड पुर्ण चुनावी र्याली किन आयोजना गरेको भन्ने प्रश्नको जवाफमा ट्रम्पले भने – यदि बाइडेन यति भिड जुटाउन सक्थे भने उनले पनि गर्थे । बाइडनेले ब्यग गर्दै ट्रम्पलाई कोरोनाबाट ठीक हुन ब्लिचको इन्जेक्सन लगाउन भने ।

ट्रम्पले यदि बाइडेन उनको ठाउँमा हुने हो भने अमेरिकामा कोविड १९ बाट दुई करोडको मृत्यु हुने बताए । यसको जवाफमा बाइडेनले ट्रम्प झुठो छ, सबैलाई थाहा भएको बताए ।

अर्थब्यवस्था मुद्दा

अर्थब्यवस्था सेगमेन्टमा क्रिस वेलेसले दुबै प्रत्यासी समक्ष कोरोना भाइरस र लकडाउनपछि अमेरिकाको अर्थब्यवस्थालाई कसरी सही दिशामा ल्याउन सकिन्छ भन्ने प्रश्न राखे ।

यसको जवाफमा ट्र्रम्पले भने – ‘लकडाउनपछि अमेरिकाको अर्थब्यवस्था अपेक्षा गरेको भन्दा तिब्र गतिमा सही दिशामा आइरहेको छ । मैले अमेरिकी इतिहासमा सबैभन्दा उत्कृष्ट अर्थब्यवस्था खडा गरेको छु ।’

करको मुद्दामा आयोजकले न्युयोर्क टाइम्सको समाचारलाई उदृत गर्दै सोधे – के यो साँचो हो, तपाईले सन् २०१६–१७ मा मात्र ७ सय ५० डलर कर तिुर्न भएको थियो?

यसको जवाफमा ट्रम्पले भने – ‘मैले लाखौं डलर कर तिरेको छु । एक बर्षमा मैले ३करोड ८० लाख डलर कर तिरेको छु र अर्को बर्ष २ करोड ७० लाख डलर । ट्रम्पले न्युयोर्क टाइम्सको समाचार फेक न्युज भएको बताए ।’

गारा प्रहरी हिरासतमा मारिएका अमेरिकी नागरिक जर्ज फ्लोयडका घटनालाई लिएर नस्लिय भेदभावका बारेमा सोधिएको प्रश्नको जवाफमा ट्रम्पले भने, ओबामा – बाइडेन प्रशासनका क्रममा अमेरिकामा नस्लिय भेदभाव गरिन्थ्यो र योसँग सम्बन्धित हिंसा हुन्थे, जुन अब कम भएको छ ।

बहसका क्रममा एक अर्कामाथि टिक्काटिप्पणी गर्ने क्रममा सट–अप सम्म भने । बहसमा आयोजक वालेसले बीचबीचमा शान्त गर्न हस्तक्षेप गर्नु परेको थियो ।

ट्र्रम्पले आपुलाई अमेरिकी इतिहास कै सबैभन्दा राम्रो राष्ट्रपति भएको बताए । त्यसको जवाफमा बाइडेनले ट्रम्पलाई सबैभन्दा खराब अमेरिकी राष्ट्रपति भएको आरोप लगाए । उनले भने, सबैलाई थाहा छ, ट्रम्प झुठो हो ।

बहसका क्रममा एक पटक ट्रम्पले बाइडेनलाई भने – तपाई मेरो अगाडी आफुलाई स्मार्ट नभन्नु होला । तपाई मेरो अगाडी स्मार्ट शब्दको प्रयोग नगर्नु होला ।

कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै बहस अघि र पछि दुबैले हात मिलाएका थिएनन् । यो बहस ओहायोको क्लिवल्यान्डमा भएको हो । सामाजिक दुरीको नियमका कारण सीमित संख्यामा सहभागीहरुलाई आउन अनुमति दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्