अब १५ देखि २० मिनेटमा कोरोना परीक्षण हुने नयाँ विधि आउँछ : डब्ल्युएचओ



न्युयोर्क (एजेन्सी)।

विश्व स्वास्थ्य संगठनले केही मिनेट मै कोविड १९ को जाँच गर्न सकिने नयाँ परीक्षण विधि आउने बताएकोछ । उक्त कोविड टेस्टको खर्च पाँच डाल मात्र पर्न आउने र यसले स्वास्थ्यकर्ता र प्रयोगशाला कम भएका देशहरुलाई फाईदा पुर्याउने संगठनले जनाएको छ ।

कोविड १९ को पहिचान गर्ने उक्त नयाँ टेस्टले गरिब तथा सामान्य आय भएका देशहरुमा संक्रमण पत्तालगाउने क्षमतामा तिब्र बृद्धी हुन सक्ने बताइएको छ ।

विश्वभरी कोरोना भाइरसबाट मारिनेको संख्या दश लाख नाघिसकेको बेला संगठनबाट उक्त कुरा बाहिर ल्याएको हो । अमेरिकाको जोन्स हपकिन्स युनिभर्सिटीको आंकडा अनुसार यसमा आधा भन्दा बढी मृत्यु हुन अमेरिका, ब्राजिल, भारत र मेक्सिकोका छन् ।

उक्त टेस्ट विकसित गर्ने कम्पनीसँग भएको अनुबन्ध अनुसार कम्पनीले ६ महिना भित्र १२ करोड परीक्षण गर्न सक्षम हुने डब्ल्युएचओले जनाएकोछ । यस उपलब्धीलाई महामारीका नियन्त्रण गर्नमा कोशे ढुंगा प्रमाणित हुन सक्ने संगठनले आशा ब्यक्त गरेको छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर टेडोरोसले यो नयाँ टेस्ट किट सजिलै एक ठाउँबाट अर्को ठाउँ ओसार पसार गर्न सकिने जानकारी दिए । नयाँ परीक्षणमा घन्टौ समय नलाग्ने र केही मिनेट मै नतिजा दिन सक्ने उल्लेख गर्दै यसले १५ देखि २० मिनेट मात्रै लिने उनले बताए ।

औषधी निर्माता कम्पनी एबोट एन्ड एसडी बायोसेनरले बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनसँग मिलेर १२ करोड टेस्ट तयार गर्ने सहमति दिएको छ ।

पत्रकारसँगको वार्तामा डाक्टर टेडरोसले भने , परीक्षण र विशेष गरी नराम्रो प्रभावित इलाकाका लागि यो एक महत्वपुर्ण उपलब्धी हुने छ ।
यो टेस्टले धेरै भन्दा धेरै संख्यामा संक्रमणको जाँच हुन सक्छ । प्रयोगशाला र प्रशिक्षित स्वास्थ्यकर्मीको कमी भएका देशहरुका लागि यो धरै नै महत्वपुर्ण प्रमाणित हुनेछ , उनले बताए ।

प्रतिक्रिया दिनुहोस्