ग्लोबल आइएमईद्वारा ट्राफिकलाई सहयोग



काठमाडौं, (नेस)
ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरीलाई काठमाडांै उपत्यकाभित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरु हस्तान्तरण गरेको छ ।
यसअघि पनि २०७७ वैशाख ३१ मा ग्लोबल आइएमई बैंकले ट्राफिक जनचेतनाका निम्ति ट्राफिक पोलहरु हस्तान्तरण गरेको थियो ।
बैंकले प्रदान गरेको ट्राफिक पोलहरुले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पु¥याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पु¥याउने बताउँदै यस्तो समाजोपयोगी कार्यमा सहयोग पु¥याएकोमा महानगरीय ट्राफिक महाशाखाले बैंकलाई धन्यवाद दिएको छ ।
बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्