नबोली नबोली भिडियो



गायन रियालिटी शो नेपाल आइडलको पछिल्लो संस्करणमा दोस्रो हुन सफल गायक प्रवीण बेडवाल र छोटो समयमा चर्चामा आएकी गायिका समीक्षा अधिकारीको स्वरमा नबोली नबोली बोलको गीत सार्वजनिक गरिएको छ।
अर्जुन पोखरेलको शब्द, संगीत र संगीत संयोजन रहेको गीतमाथि सञ्चारकर्मी तथा म्युजिक भिडियो निर्देशक विधान कार्कीले आकर्षक म्युजिक भिडियो निर्माण गरेका छन्। उनीद्वारा निर्देशित गीतको म्युजिक भिडियोमा टिकटक स्टार सुधीर श्रेष्ठ र गरिमा शर्माले नृत्य तथा अभिनय गरेका छन्। गीतको भिडियोमा मुखियाको घरमा काम गर्ने केटा र मुखियाकी छोरीसँगको प्रेम सम्बन्धलाई कथा बनाइएको छ। भिडियोकको छायांकन उत्सव दाहालले र सम्पादन विकास दाहालले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्