लक्ष्मीपूजाको जिन्दगी



कोरोना जोखिमका कारण फिल्म रिलिज हुने नहुने टुंगो नलागे पनि आगामी दशैंमा रिलिज गर्ने घोषणा गरिएको फिल्म लक्ष्मी पूजाको स्याड भर्सनको गीत जिन्दगी सार्वजनिक गरिएको छ।

माण्डवी त्रिपाठीद्वारा स्वरबद्ध गीतमा दयाराम पाण्डेको शब्द रचना तथा विपिन आचार्यको संगीत र एरेन्जमेन्ट छ। गीतमा अस्मिता जुरेली, जयकिशन बस्नेत, नीर शाहलगायतलाई फिचरिङ गरिएको छ। सलोन सलिना फिल्मस्को ब्यानरमा समीर मियाको निर्देशन तथा शोभित बस्नेतको निर्माण निर्माणाधीन फिल्ममा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहलगायतले अभिनय गरिरहेका छन्। फिल्ममा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिन्छन्।

निर्माता शोभितका अनुसार जाहान्वीको शीर्ष भूमिका रहने फिल्ममा उनी दोहोरो भूमिकामा देखिनेछिन्। उनले पारिवारिक प्रेमकथा रहने फिल्ममा दशैं र तिहारको परिवेश देखाइने जानकारी गराए। फिल्ममा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुसालको लेखन, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको छ।

प्रतिक्रिया दिनुहोस्