भाउजूको हत्या अभियोगमा देवर पक्राउ



लमजुङ, (नेस)
लमजुङ प्रहरीले नातामा भाउजूपर्ने महिलाको हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । हत्या भएको २३ दिनपछि क्होलासोंथर गाउँपालिका–९ गिलुङकी ५९ वर्षीया बुद्धिमाया विकको हत्या गरेको आरोपमा उनका देवर नाता पर्ने गिलुङका ५७ वर्षीय बिलबहादुर विकलाई पक्राउ गरिएको प्र्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाले बताउनुभयो ।
बिलबहादुरसँगको सोधपुछमा भदौ २० गते राति करिब ९ बजे भाउजू बुद्धिमायालाई टाउकोमा दाउरा प्रहार गरी हत्या गरेको स्वीकार गरेका थिए । प्रहरीका अनुसार जग्गासम्बन्धी विवादमा एकल महिला बुद्धिमायालाई बिलबहादुरले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बिलबहादुरलाई सोमबार जिल्ला अदालतबाट २० दिनको म्याद थप गरेर थप अनुसन्धान थालिएको लमजुङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्