‘मन लगाउ, मुटु बचाउ’ भन्ने नाराका साथ मनाइयो विश्व मुटुु दिवस 



न्युज अफ नेपाल, काठमाडौं । 

विश्व मुटु दिवस नेपालमा पनि विश्व मुटु महासंघको आह्वानमा मंगलबार विश्वभरी “मनलगाउ, मुटु बचाउ”भन्ने नाराका साथविश्व मुटु दिवस मनाईयो । स्वस्थ मुटु सुखीजीवनको कामना सहित देश र विदेशमा रहेका विज्ञहरुलाई जुम मार्फत जोड्ने कार्यक्रम गरियो ।

शहिद गंगालाल हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारीका अनुसार विश्वमाबर्षेनी १ करोड ८० लाख मानिसहरु मुटुको रोगका कारण मर्ने गर्दछन् । यस मध्ये विकासोन्मुख राष्ट्रहरुमा मुटु रोगबाट मर्नेहरुको संख्या ८० प्रतिशतभन्दा बढी हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०३० सम्ममा मुटु रोगबाट विश्वभर मर्नेहरुको संख्या वर्षेनी २ करोड ५० लाखपुग्ने अनुमान गरिएकोछ ।

विकासोन्मुख राष्ट्रहरुमा हृदयघातका कारण मृत्यु हुनेको संख्या २५ प्रतिशत छ भने सन् २०३० सम्ममा यो संख्या बढेर ३५ प्रतिशत पुग्ने अनुमान गरिएको छ । यसरी मुटुरोगी बढ्दै जानु हाम्रो लागी ठूलो चिन्ताको विषय हो ।

कार्डियाक सोसाईटी अफ नेपालका अध्यक्ष डा.दीवाकर शर्माका अनुसार नेपालमा कूल जनसख्ंयाको २५ प्रतिशत अर्थात करिव ७५लाखजनता मुटुरोगीभएको अनुमान गरिएको छ । नेपालमा करिब ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ, २० प्रतिशतलाई कोलेस्टेरोल छ, १० प्रतिशतलाई मधुमेह छ, १ प्रतिशत बालबालिकालाई बाथ–मुटु रोग छ । वर्षेनी १ हजार बालबालिका बाथ–मुटुरोगका कारण हार्ट फेल भएर मर्ने गर्दछन् । यस्तै प्रकारले बच्चाजन्माउने बेलामा धेरै महिलाहरुको पनिबाथ–मुटुरोग कै कारण मृत्यु भैराखेको छ ।

९० प्रतिशत नेपालीले मुटुमैत्रीखानाखाँदैनन् । करिब ५० प्रतिशत शहरिया नेपालीले आवश्यक व्यायाम गर्दैनन् । ४० प्रतिशतले चुरोट, सुर्ति सेवन गर्छन् । धेरै नेपालीलाई मानसिकतनाव छ ।

मुटुको रोग बद्दै जानुको मुख्य कारण मानिसहरुको जीवनशैली अस्वस्थकर हुनु हो । आजको मानिसहरुको जीवनशैली अस्वस्थकर भएको छ । एकातिर खानामा अत्याधिक चिल्लो, गुलियो र नुनको मात्रा बढीे छ, हरियो सागपात, फलपूmल आदिकम छ, चुरोट, सुर्तीको सेवनबढी छ, । रक्सी पिउने बानीधेरेैेको छ भने अर्कोतिर व्यायाम गर्ने बानीमाकमिआएको छ, मानसिकतनाव अत्याधिक बढेको छ । अस्वस्थकर जीवनशैलीलाई स्वस्थकर बनाउने तर्फ कदमचाल्नु नै मुटुरोगबाट बच्ने सबै सबैभन्दा सरल र उत्तमउपाएहो । यस कारण मुटु बचाउन सबैले आफ्नो मन लगाउन पर्छ ।

नेपाल सरकार नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणका लागि सन् २०१४ देखि २०२० सम्मको कार्य योजनातर्जूमा गरि कार्यान्वयनतर्फ अग्रसर छ । यस वर्ष कोरोना महामारीका कारण ठूलो विश्वव्यापी संकट उत्पन्नभएको छ । यसबाट नेपालमा ठूलो जन, धनको क्षतिभएको छ । हामी ठूलो संकटमा फसेका छौं । कोभिड–१९ का कारण मृत्यु हुनेहरुमा मुटुरोगीहरुको संख्याअत्याधिक छ । यसकारणले पनि मुटुरोगीहरुले विशेष सावधानीअपनाउनु पर्ने आवश्यकता छ ।

नेपाल सरकारले मुटु तथा अन्य नसर्ने रोगहरुको उपचारमा ठूलो लगानी गरेको देखिन्छ । विपन्नवर्गको उपचारमा पनि सरकारको धेरैखर्च छ । यसबाट धेरै नेपाली लाभान्वित पनि भएका छन् । विप्।न्नवर्गलाई उपचारमा ठूलो राहतभएको छ । दिर्घकालिन रोकथामतर्फ पनि सरकारले नीति कार्यक्रम मार्फत लगानी बढाउनु पर्ने बिषयमा नेपाल हृदयरोग निवारण प्रतिष्ठानका महासचिव डा.प्रकाशराज रेग्मीले कार्यक्रमका प्रमख अतिथि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नमराज रावतको ध्यानाकर्षण गराउनुभयो । उहाँले मुटुरोगको उपचारका निम्तीलगानीभएको कुल रकमको १० प्रतिशत मुटुरोगको रोकथाममालगानी गर्नु पर्ने र मुटु दिवस सरकारले नै कार्यक्रम तय गरि मनाउनुपर्ने समेत औल्याउनुभयो ।

सोही अवसरमा मन्त्री रावतले डा.रेग्मीले औल्याउनुभएका बिषयमा मन्त्रालयको ध्यानाकर्षण भएको बताउँदै । उहाँले नेपालीहरुको आर्थिक, सामाजिक अवस्था कमजोर भएकै कारण खानपान, व्यवायाम, जीवन शैली, गरिबी, भूबनोटका कारण मुटुरोगका बारेमा ज्ञान नभएको र भएपनि उपचारको पहँुचमा पुग्न नसकेको अवस्थाका बारेमा औल्याउनुभयो । उहाँले नेपालमा जानेबुझेका अभियन्ताहरुबाट नै यस्ता कामको थालनी गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाल सरकारले १५ बर्ष मुनी र ७५ बर्ष माथिका मुटुरोगीको निःशुल्क उपचार गर्नुका साथै बिपन्न परिवारलाई १ लाख सम्म उपचार खर्च स्वास्थ्य मन्त्रालयले उपलब्ध गराउँदै आएको छ भन्नुभयो ।

मन्त्री रावतले यहि अशोज १ गते देखि आकस्मिक रुपमा उपचारका लागि आएका बिरामीको निशुल्क उपचार गर्ने नीति निर्देशिका सार्वजनिक भैसकेको जानकारी गराउनुभयो । उहाँले रोगलागेपछि उपचार गर्नुभन्दा रोगनै लाग्न नदिनु उपयुक्त हुने बताउनुभयो । उहाँले यतिबेला कोरोनाका कराण विश्वका सम्पन्न मुलुक झुकेको अवस्थाछ । नेपालका काठमाडौमा लामो समय लकडाउनका अवधिमा कोरोना संक्रमितको सख्या कम थियो । तर भारतसँगको खुल्ला नाका र त्यहाँ कोरोना संक्रमित बढेको अवस्था र नेपालमा लकडाउन खोलेसँगै यतिबेला काठमाडौ कोरोना हब बन्दै गएको छ । अब सबै नागरिकले आफु बचेर अरुलाई बचाउने तर्फ विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेका नियमको पालना गरौ ं भन्नुभयो ।

कार्यक्रममा बरिष्ठ मुटुरोग विशेषज्ञ डा.मृगेन्द्रराज पाण्डेले सिंगापुरबाट जुममा जोडिदै कोभिडले मुटुका बिरामीलाई ठूलो असर पार्छ । अझ पाको उमेरका बिरामी थप जोखिममा छन् । कोभिडकै कारण अमेरिकामा संक्रमित ८५ प्रतिशत व्यक्ति ८५ बर्ष माथिका भएका कारण ठूलो संख्यामा मृत्यु भएको छ यस्तो अवस्थामा कोरोना बढ्न नदिउ र मुटुरोगी, पाको र साना उमेरका व्यक्तिलाई सुरक्षा गरौं । राज्यको सबै अंग कोरोना नियन्त्रण गर्न तर्फ लागौ भन्नुभयो ।

सोही अवसरमा मुटु शल्य चिकित्सक डा.प्रेमराज बैद्यले मुटु केहो र मुटु वास्तवमा कहाँ हुन्छ भन्ने बारेमा औल्याउनुभयो । मानीसको मुटु १ मिनेटमा ७२ पटक चल्छ । यतिबेला कोरोनाबाट मुटु जोगाउनु सबैको लागि चुनौतिको बिषय बनेको छ भन्नुभयो । उहाँले मुटुरोगीलाई कोरोना लाग्ने बित्तिकै रगतको जम्ने शक्ति बढ्छ र मुटुको धमनीमा असर गरि मुटुको मांसपेसी चल्नै नदिदा मान्छेको मृत्यु समेत हुन्छ । यो रोग मुटुरोगीका लागि अत्यन्तै खतरनाक छ । कोरोनाले मुटु, फोक्सो, मृगौला लगायतका अंगलाई नराम्ररी क्षति पुर्याउने हुँदा रोग लाग्नै नदिने उपय अपनाएर रोगबाट जोगिनुपर्छ भन्नुभयो । उहाँले कोरोना संक्रमणपछि नेपालमा गंगालाल र मनमोहन कार्डियो थोरासिसले मात्र मुटु उपचारको सेवालाई निरन्तरता दिए । १८ वटा मुटु सेन्टरमा अहिले १० वटा पूर्ण रुपमा बन्द भएका छन् ।

डा.प्रचण्ड प्रधानले डा.प्रकाशराज रेग्मीद्धारा प्रकाशित बाथ मुटुरोग पुस्तकमाथी प्रकाश पार्नुभयो । जयन्ती मेमोरियल ट्रष्टका सचिव श्रद्धासिंह राना, हार्ट क्लव अर्थात हार्टटुहार्टका अध्यक्ष विपिन राईले मुटुका रोगीले घरजग्गा बेचेर उपचार गर्नुपर्ने अवस्थाको बारेमा औल्याउनुभयो । कार्यक्रममा हरिभक्त सिग्देलले मुटुरोगका बारेमा आयोजित निबन्ध प्रतियोगिताका ५ वटा विद्याका प्रथम हुने विद्यार्थीहरुको नाम र विद्यालयको नाम सार्वजनिक गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व अमेरिकाबाट डा.अग्नीभाुष उपाध्यायले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्