ओमनका नवनियुक्त श्रममन्त्री र नेपाली राजदूत पराजुलीबीच भेटवार्ता



भूपराज बस्याल , काठमाडौ ।

ओमनका नवनियुक्त श्रम मन्त्री डा. महद बिन सईद बिन अलि बाउइन र ओमनका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालबीच भेटवार्ता भएको छ।

मन्त्री बाउइनको कार्यकक्षमा भएको भेटघाटमा बाउइनले ओमानको परराष्ट्र नीति,श्रम नीति तथा जनशक्तिको अवस्था एवम् अब आउने दिनमा यहाँको श्रम मन्त्रालयले लिने नीतिहरुको बारेमा जानकारी दिएको राजदुत ढकालले नेपाल समाचार पत्रलाई जानकारी दिनुभयो ।

भेटघाटका क्रममा बाउइनेले नेपाली जनशक्तिबारे जानकार रहेको बताउँदै श्रम क्षेत्रमा विविधता भएमा मात्र मुलुकको विकास गर्न सकिने धारणा व्यक्त गरेको पनि ढकालले जानकारी दिनुभयो । ढकालले हामीसंग कुराकानी गर्दै भन्नुभयो नेपालको आर्थिक तथा सामाजिक पक्षमा जिज्ञासा राख्दै नेपाली कामदारहरुको प्रशंसा गर्दै आगामी दिनमा ओमानमा नेपाली कामदारहरुको संख्या बढाउने गरि अझै बढी सहकार्य गर्न ईच्छुकमा ओमन सरकार रहेको छ ।

साथै राजदुतले नेपाल र ओमान बीच हुने तयारी भएको श्रम सम्झौताको पछिल्लो अवस्थाबारे जानकारी गराउनु भएको थियो । उक्त अवसरमा नेपाल र ओमान बीच हुने तयारीमा रहेको श्रम सम्झौताको हालसम्मको प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त दुबै पक्षबाट भएको थियो। उक्त भेटमा ओमानको श्रम मन्त्रालयको तर्फबाट पदाधिकारीहरु तथा दूतावासको तर्फबाट द्धितीय सचिव सोमेश थापा र श्रम सहचारी दिनेश ढकाल सहभागी हुनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्