मास्कको कारण केएफसीका कर्मचारीलाई छुरा हान्ने धम्की



एजेन्सी ।

अमेरिकाको क्यालिफोर्निया स्थित केएफसी रेस्टुरेन्टमा आफुलाई मास्क नलगाएकै कारण सेवा प्रदान गर्न अस्विकार गर्ने एकजना कामदारलाई एक महिलाले छुरा प्रहार गर्ने चेतावनी दिएकीछन् । आक्रमण गर्ने धम्की सहित ति महिला चिच्याउँदै रेस्टुरेन्टको काउन्टरमा चढेकी थिइन् ।

ति मास्क विहिन गहकले हंगामा गरेको भिडियो फुटेज पनि केएफसीले सार्वजनिक गरेको छ । साथै परिचय नखुलाइएकी ति महिलाले एकजना अर्का पिडित पुरुष कर्मचारीलाई प्रहरी बोलाउन समेत चेतावनी दिएको देखिन्छ । उनले महिला कर्मचारीलाई भने आफु निकै भोकाएको र तुरुन्तै केहि खान नदिइएको खण्डमा छुरा प्रहार गर्ने धम्की दिएकी थिइन् । उनलाई

एकजना ग्राहकले आफुसंग भएको मास्क दिन खोज्दा उनी झनै रिसले मुरमुरिँदै अपशब्द बोल्दै रेस्टुरेन्टको किचेन नै घिनलाग्दो भन्दै बाहिरिएकी थिइन् । उनले वारम्वार आफुलाई खाना सर्भ नगरिएको कारण पनि सोधेको फोक्स न्युजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्