मेक्सिकोको बारमा आम नरसंहार



मेक्सिको सिटी,(एजेन्सी) ।

मेक्सिकोकै सबैभन्दा हिंसात्मक राज्य गुआनाहुआतोको जराल डेल प्रोग्रेसो शहर नजिकको एउटा बारमा भएको गोलीकाण्डमा चारजना महिला नर्तकी र अन्य सातजना पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ ।

आइतवार बिहान सवेरै भएको उक्त विभत्स घटनामा मारिने मध्ये ति सबै नर्तक निर्दोष कामदार रहेको बताइएको छ । सो आम हत्याकाण्ड लागु औषध कारोवारको सिलसिलामा भएको हुनुपर्ने प्रारम्भिक अनुसन्धानले जनाएको छ । स्थानिय संचार माध्यमले राजमार्गको छेउमा रहेको बारमा कार्यरत ति नर्तक स्थानिय वासिन्दा भएको जनाएको छ ।

मिचाओकान राज्यको सिमासंग जोडिएको क्षेत्रमा भएको यस घटना घटाइनुको उद्देश्य स्पष्ट भइसकेको छैन । सो क्षेत्रमा आफ्नो प्रभाब र उपस्थिती विस्तारको क्रममा रहेको कुख्यात लागु औषध तश्कर समुह जालिस्कोका लागि जाराल डेल प्रोग्रेसो शहर गुआनाहुआतो प्रवेश गर्ने प्रमुख द्वार हो । गत जुलाईमा पनि अज्ञात बन्दुकधारीहरुले यस राज्यमा २४ जना लागु औषध तश्करको गोली हानेर हत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्