होटलबारे नकारात्मक टिप्पणी गर्नेलाई कारावास



बैंकक,(एजेन्सी) ।

आफु बसेको होटेलबारे नकारात्मक टिप्पणी पोस्ट गरेको कारण एकजना अमेरिकी नागरिकलाई थाइल्यान्डमा दुई वर्ष लामो कारवास संजाय सुनाइएको छ । गाली बेइज्जती सम्बन्धी थाइल्यान्डको कडा कानुन अनुसार उनी माथि रिसोर्टले क्षतिपूर्ति पनि तिराइएको छ ।

थाइल्यान्डमा काम गर्ने वेस्ली बार्नेसले सो रिसोर्ट ‘ आधुनिक जमानाको दास गृह ’ जस्तै रहेको भन्दै थुप्रै प्लेटफर्ममा आफ्नो टिप्पणी प्रकासित गरेका थिए । तर दि सि भ्यु रिसोर्टले आफ्नो पुर्व ग्राहक बार्नेसले झुठो र नकारात्मक टिप्पणी गर्दा आफ्नो छवि र प्रतिष्ठामा नै आँच पुगेको जनाएको छ ।

प्रहरीका अनुसार त्यसका मालिकले उनले आफ्नो होटेलबारे ट्रिपएडभाइजर वेवसाइटमा अनावशयक र निराधार कुरा पोस्ट गरेको उजुरी गरेका थिए । यसै वर्षको शुरुमा बार्नेसले त्यहाँको रेस्टुरेनटमा बेलुकीको खाना खानेबेला आफैले बाहिरबाट रक्सीको बोटल ल्याउन खोज्दा विवाद चर्केपछि कोह चाँग टापु स्थित यस रिसोर्टको कुरा बाहिर पुगेको हो ।

होटेलबाट प्राप्त विवरणमा उनले त्यसरी बाहिरबाट पेय पदार्थ ल्याउँदा तिनुपर्ने अतिरिक्त शुल्क तिर्न अस्विकार गरेपछि होटेल म्यानेजरले मिनाह गरिदिएको कुरा उल्लेख गरिएको छ । केहि दिन कारागारमा थुनिएका बार्नेर पछि जमानतमा रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्