इराकमा रहेको अमेरिकी दुतावास बन्द गर्ने चेतावनी



वासिंगटन,(एजेन्सी) ।

संयुक्त राज्य अमेरिकाले यदि इराक सरकारले इराक स्थित अमेरिकी दुतवास परिसरमा हुने गरेका छापामार आक्रमण रोक्न नसकेको खण्डमा आफुले दुतावास नै बन्द गर्ने जनाएको छ ।

अमेरिकाले यदि वारम्वार हुँदै आएको यस्तो आक्रमण नरोकिएको खण्डमा आफुले बग्दादबाट कुटनीतिज्ञहरु फिर्ता लाने बताएको छ ।

शनिवार अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले इराकी राष्ट्रपति बार्हाम सालिहलाई टेलिफोन गर्दै अमेरिकीको उपस्थिती रहेका स्थानहरुमा इरान समर्थित छापामारहरुको हमला रोकन आग्रह गरेका थिए । गत जनवरीमा इराकको राजधानी बगदाद स्थित विमानस्थलमा अमेरिकी ड्रोन आक्रमणमा इरानी जनरल कास्सेम सोलेइमानीको हत्या भए यता यस्ता आक्रमणले तिव्रता पाएका हुन् ।

यसै महिना मात्र अत्यन्तै कडा सुरक्षा व्यवस्था भएको राजधानी बग्दादको ग्नि जोनमा रहेको सो दुतावास परिसरमा कमितमा १९ वटा रकेट र मोर्टार आक्रमण भएको छ । यसैगरी इस्लामिक स्टेट ( एसआइ ) विरुद्ध लड्दै आएको अमेरिकी नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय गठबन्धन फौजको गाडीमा पनि दर्जनै पटक हमला भइसकेको छ । सबैभन्दा पछिल्लो समय अर्थात आइतवार दक्षिणी इराकमा सैनिक उपकरण ढुवानी गरिरहेका सवारी साधनमाथि लक्षित विस्फोटक पदार्थ प्रहार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्