एकैदिन थप १० संक्रमितको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

आज देशभर थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै, मृतकको संख्या ४९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज मृत्यु हुनेमा ३ महिला र ७ पुरुष गरी १० जना रहेका छन् ।

मोरङका ६८ वर्षीय, महोत्तरीका ५८ वर्षीय, काठमाडौंका ६० र ७० वर्षीय, चितवनका ५५ वर्षीय, बाँकेका ५३ वर्षीय, ३९ वर्षीय पुरुष, सर्लाहीका ७२ वर्षिया, काठमाडौंका ५७ र बाँकेमा ७६ वर्षिय महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्