आज थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि, ७३१ डिस्चार्ज



न्युज अफ नेपाल, काठमाडौं ।

आज थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमितको कूल संख्या ७६ हजार २५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा थप ७३१ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ।

हाल देशभर २० हजार ३९६ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्