चन्दा उठाएर गाउँलेले बनाए मन्दिर



सुभेन्द्र दास, सिरहा ।

सिरहाको बरियारपटी गाउँपालिका १ कचनारी गाउँका स्थानियले चन्दा उठाएर मन्दिर बनाएका छन् ।

कचनारीका ५७ घर धुुरीले रकम संकलन गरेर किर्तेश्वरनाथको मन्दिर बनाएका हुन् । गाउँलेहरुले करिब १२ लाख रुपैयाँ चन्दा संकलन गरेर बनाएको उक्त मन्दिरले गाउँको सौन्दर्य बढाएको स्थानिय राधेश्याम यादवले बताए ।

मन्दिरका पुजारी ईन्द्रप्रसाद यादवका अनुसार कृष्णअष्टमीको अबसरमा आयोजना गरिने मण्डलीबाट उठेको दान र स्थानियको आर्थिक सहयोगले मन्दिर बनाउन सम्भब भएको हो ।

प्रतिक्रिया दिनुहोस्