पूर्वमिस नेपाल श्रृंखला खतिवडाकी आमालाई कारोना पुष्टि



काठमाडौं । बागमती प्रदेशसभाकी सदस्य मुनु सिग्देललाई कोरोनाभाइरस संक्रमण भएको छ ।

नेकपा मकवानपुरकी अध्यक्षसमेत रहेकी सिग्देललाई ललितपुरको विध ल्याबमा गरिएको स्वाब परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो । घाँटी दुखेपछि सिग्देलले स्वाब परीक्षण गरेकी थिइन्।

उनी अहिले काठमाडौंस्थित घरमा होम आइसोलेसनमा बसेकी छन्। सिग्देल असोज ५ गते निजी सवारी साधनमा काठमाडौं आएकी थिइन् ।

सिग्देलका श्रीमान् विरोध खतिवडा प्रतिनिधि सभा सांसद हुन् भने छोरी श्रृंखला खतिवडा पूर्वमिस नेपाल हुन् । परिवारका अरू सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

प्रतिक्रिया दिनुहोस्