‘माल’ को अर्थ ड्रग्स नभइ ‘सिगरेट’ भएकाे दीपिका पादुकोणकाे बयान



काठमाडाैं । अभिनेता सुशान्तको आत्महत्या प्रकरणमा सार्वजनिक भएको ड्रग्स केसमा अभिनेत्री दीपिका पादुकोण पनि परेकी छन् ।

ड्रग्स च्याट सार्वजनिक भएपछि नार्कोटिक्स विभागको चंगुलमा फसेकी बलिउड अभिनेत्री दीपिका पादुकोणले आफूले च्याट गरेको स्वीकार गरेकी छन् ।

तर, आफूले च्याटमा ‘माल’ भनेको ड्रग्स नभएर ‘सिगरेट’ भएको बताएकी छन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार नार्केटिक्स विभागसँगको बयानमा दीपिकाले माल भनेको सिगरेट भएको बताएकी छन् ।

विभागका अधिकारीहरुले उनीसँग २०१७ को च्याटका विषयमा प्रश्न गरेका थिए ।

उनीहरुले माल भनेको के हो भनेर सोधेपछि दीपिकाले यस्तो जवाफ दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

च्याट सार्वजनिक भएपछि श्रद्धा कपूर, रकूल प्रितसमेत ड्रग्स केसमा तानिएका छन्। उनीहरुमाथि पनि नार्कोटिक्स विभागले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्