बेकरको समस्या यथावत्



लन्डन, (एजेन्सी)

चर्चित जर्मन टेनिस खेलाडी बोरिस बेकरको समस्या यथावत् रहेको छ।

पूर्वजर्मन च्याम्पियन बेकर इतिहासका सर्वश्रेष्ठ टेनिस खेलाडीमध्येका एक हुन्। आफ्नो सक्रिय खेल करियरका क्रममा उनले ६ वटा ग्रान्डस्लाम प्रतियोगिता जितेका थिए।

बेलायती अखबार ‘द गार्डियन’का अनुसार बेकरमाथि १२ लाख पाउन्डको आर्थिक सम्पत्ति र चेल्सी नजिकैको एउटा अपार्टमेन्टको विवरण लुकाएको आरोप लगाइएको छ। जसका कारण उनलाई सात वर्षको जेल सजाय सुनाइएको छ।

बेकरविरुद्ध १९ वटा मुद्दा अनिर्णीत रहेका छन्। जसमा कर छली र नियमविपरीत कार्य गर्नुलगायतका मुद्दा समावेश छन्। पूर्वविश्वको नम्बर एक खेलाडी बेकरले केही दिनअघि ती मुद्दाको प्रारम्भिक सुनुवाइको सामना गरे। जसको प्रतिक्रिया बेकरले सामाजिक सञ्जालमार्फत पोस्ट गरेका थिए।

‘निर्दोष नभएसम्म मविरुद्ध लगाइएका आरोपको वैधता अस्वीकार गर्दछु, मसँग मेरो अधिकारमा रहेको सबै कानुनी माध्यमको साथले आफ्नो रक्षा गर्नेछु। म न्यायमा विश्वास गर्छु। मेरो कानुनी टोलीले म निर्दोष भएको प्रमाणित गर्नेछ, –यी शब्द बेकरले सामाजिक सञ्जालमा प्रयोग गरेका हुन्।’

बेकरबारे केही वर्ष पहिले नै जटिल आर्थिक अवस्थाको बारेमा धेरै चर्चा भएको थियो। विशेषगरी, एक जर्मन उद्यमी ह्यान्ड्स डाइटर क्लेभनले ४० मिलियन स्वीस फ्रेन्क उधारो दिएको दाबी गरेका थिए। तर, अदालतले त्यसलाई मान्यता नदिएको बेकरले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्