रेड वाइनलाई पल र साम्राज्ञीको जोडी



रूद्रप्रिया र रज्जारानी जस्ता फिल्म निर्माण गरिसकेका सञ्चारकर्मी तथा निर्माताले रेड वाइन नामक फिल्म निर्माण गर्ने भएका छन्।
सम्पूर्ण छायांकन कार्य अमेरिकामा गरिने फिल्ममा नायकनायिका पल शाह र साम्राज्ञीराज्यलक्ष्मी शाहलाई पहिलोपटक जोडीका रूपमा देखिने भएको छ। प्रेमकथामा बन्ने यही फिल्ममार्फत निर्माता रमेश एमके पौडेल निर्देशकका रूपमा आउने भएका छन्। फिल्ममा कथा, गीत लेखन र निर्देशन पौडेलकै रहनेछ। फिल्ममा पटकथा र संवाद सविर श्रेष्ठको रहनेछ। पल र साम्राज्ञीको साथमा सन्दीप क्षेत्री र अमेरिकामा नै बसोबास गर्ने इमिली लामाले पनि फिल्ममा अभिनय गर्नेछन्। इमिली अमेरिकामा बनिरहेका म्युजिक भिडियोमा काम गर्दै आएकी छिन्। रेड वाइन उनको डेब्यु फिल्म हुनेछ। आर्यन फिल्म्स् प्रोडक्सन प्रालि र बोधि एचडी अमेरिकाको ब्यानरमा पासाङ लामा र आर्यन पौडेलको निर्माणमा बन्ने फिल्ममा निरू भण्डारी सहनिर्मात्री रहने छिन्। कोरोना संक्रमणको अवस्था हेरेर फिल्मको छायांकन दशैं र तिहारको बीचमा गर्ने योजना रहेको निर्माता निर्देशक पौडेलले जानकारी गराए।

 

प्रतिक्रिया दिनुहोस्