गाउँपालिकाको एम्बुलेन्स तोडफोड



बझाङ ।

मष्टा गाउँपालिकाको एम्बुलेन्स तोडफोड गरिएको छ । जिल्ला अस्पताल सिमखेतबाट आइतबार मष्टा५ किनाडाकी ५३ वर्षीया झिगीदेवी कठायतलाई दमले मुटुमा असर पारेकाले अपराह्न ४ बजेतिर नेपालगञ्जतर्फ लैजाँदै गर्दा बाटामै मृत्यु भएको र बीच बाटाबाटै फर्किँदा सुनिकोटमा स्थानीयवासीले आक्रोशमा आएर राति १२ बजे एम्बुलेन्स तोडफोड गर्नाका साथै आफूलाई ज्यान मार्ने धम्कीसहित दुव्र्यवहार गरेको चालक नवराज खड्काले बताउनुभयो ।

उक्त एम्बुलेन्स तोडफोड गरेको भनी जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक यातायात तोडफोड तथा दुव्र्यवहारसम्बन्धी मुद्दा आज दर्ता गरिएको छ भने मष्टा ६ घर भएका चक्र बोहोरालाई चैनपुर बजारबाट प्रहरीले गिरफ्तार गरेको छ । उक्त घटनामा संलग्न भनिएका अन्यको खोजी भइरहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लोकेन्द्रसिंह कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्