सात महिनामा तीन पटक कोरोना संक्रमित, चिकित्सकहरु अन्यौल



मद्रास, (एजेन्सी)

भारतको केरल राज्यको त्रिशुर निवासी सैवियो जोसेफ विगत ७ महिनामा तीन पटक कोरोना संक्रमित भएको बताइएको छ । उनको यो घटना डाक्टरहरुलाई पनि अन्यौल बनाएको छ । ३८ बर्षीय जोसेफ पहिलो पटक मार्चमा संक्रमित भएको थियो ।

त्यतिबेला उनी विदेशमा थिए । ओमानको राजधानी मस्कटमा पहिलो पटक संक्रमित भएका जोसेफमा दुई पटक केरलमा कोविड १९ पोजिटिभ भेटिएको हो ।

जोसेफका अनुसार पटक पटक संक्रमणको डरका कारण उनले आफ्ना ७ महिनाका जुम्ल्याहा छोरीहरुलाई अहिलेसम्म खेलाउन पाएका छैनन् ।

त्रिशुर जिलाकी स्वास्थ्य अधिकृत डा केजे रीनाले भनेकी छन् , केरलमा कोरोनाको पुन सक्रमणको यो पहिलो घटना हो । भाइरस शरीरमा केही समय सम्म निस्क्रिय रहेको र पछि फेरी सक्रिय भएको हो कि भन्ने लागेको छ । त्यसैले पोजिटिव आएको हुनसक्छ ।

जोसेफलाई पहिलो पटक संक्रमण मार्चमा भएको थियो र त्यतिबेला उनलाई ज्वरो र स्वास लिनमा समस्या आएको थियो । त्यहाँ उनको निमोनियाको उपचार भएको थियो ।

जासेफको कोविड रिपोर्ट नेगेटिव आयो तर उनका अनुसार उनको सम्पर्कमा आएका साथी, डाक्टर र नर्सहरुको रिपोर्ट भने पोजिटिव आएको थियो ।

दोस्रो पटक जुन २८ मा भारतको विमानस्थलमा भएको जाँचमा रिपोर्ट नेगेटिव आएको थियो । यद्यपी उनी केही दिनका लागि क्वारेन्टाइनमा बसेका थिए । तर त्यसको केही समय पछि नै स्वास लिनमा समस्या देखिएपछि उनले सरकारी अस्पतालमा सम्पर्क गरे ।

कोविड १९ को जाँच हुँदा रिपोर्ट पोजिटिव आयो । त्यसपछि पुन उपचार सुरु भयो र रिपोर्ट नेगेटिव आएपछि अगस्ट १ मा हस्पिटलबाट डिस्जार्च भए । त्यसपछि पनि जोसेफ घरमै ८ दिन सम्म क्वारेन्टाइनमै रहे ।

केही समयपछि जोसेफलाई पुन स्वास लिन समस्या र फोक्सोमा पिडा महसुस भयो । डाक्टर्ससँगको सल्लाहमा उनलाई पल्मोनरी फाइब्रोसिस र हाई भाइरस लोडको खतरा रहेको बताइयो ।

जाँच हुँदा सेप्टेम्बर ३ मा फेरी एक पटक कोविड रिपोर्ट पोजिटिव आयो । त्रिसुर मेडिकल कलेजमा उपचारपछि सेप्टेम्बर ११ मा रिपोर्ट नेगेटिव देखायो र उनलाई डिस्चार्ज गरियो ।

प्रतिक्रिया दिनुहोस्